पहिरोले घर बिहिन भएका बाढिपिडितलाई एमाले अछामले घर निर्माणमा सहयोग गर्ने : ४ लाख २० हजार बढी संकलन गरिएको रकम हस्तान्तरण

Kirci Gyan Kendra

टेक बहादुर थापा : नेकपा एमाले अछामले पहिरोमा परि आफन्त र घर विहिन भएका बाढिपिडितहरुको घरहरु निर्माण गर्न सहयोग गर्ने भएको छ । शनिबार जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा रहेका बाढिपिडितहरुलाई राहात वितरण गर्दै पार्टिले तत्काल पुन निर्माण गर्नुपर्ने घरहरु निर्माण गर्न पार्टिले सहयोग गर्ने भएको हो ।

Samajik New Add 2082

पार्टिले घर पुन निर्माण गर्न सहयोग पुर्‍याउने उदेश्यले नै राहात वितरण गरेकाले विभिन्न क्षेत्रबाट आएको रकमको सदुपयो गर्दै घर निर्माणमा खर्च गर्न सुझाव दिदै पिडितहरुका घरहरु निर्माण गर्न पार्टिले थप सहयोग गर्ने एमाले अछामका सचिव भिम बहादुर रावल कालोटोपीले बताउनु भयो । पिडितहरुका घर निर्माणका लागि स्थानीय सरकारले पनि सहयोग गर्ने र एमाले अछामका स्थानीय स्तरका कार्यकर्ताहरुलाई श्रमदान गर्न पार्टिले निर्देशन जारी गरिसकेकाले सबैभन्दा कम खर्चमा पिडितहरुका घरहरु पुन निर्माणका लागि एमालेका कार्यकर्ताहरु खटिने रावलको भनाई छ ।

कमलबजार नगरपालिकाका र ढकारी गाउँपालिकाका बाढि पिडतहरु आफन्तको घरमा बसी रहेका छन भने तुर्माखाद गाउँपालिका वडा न ५ नाडाका बाढि पितिहरु पाल टागेर बसीरहेका छन । अरुको घर र पाल टागेर बस्नुपर्दा निकै असहज भईरहेकाले सरकारले तत्काल आफुहरुको घर निर्माण गरिदिनुपर्ने पिडितको माग रहेको छ ।

पिडितहरुका मागलाई मध्यनजर गर्दै पार्टिले स्थानीय स्तरका कार्यकर्तालाई खटाएर घर निर्माणमा सहयोग गर्ने उदेश्य लिएको एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरोको भनाई छ ।

राहात वितरण कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटीले यो घट्नाले सिंगो जिल्ला नै सोकमा रहेकाले यो सोकलाई शक्तिमा बदलेर आगामी जिबन यात्रालाई सहज रुपमा अगाडी बढाउन सुझाव दिदै पिडितहरुका बस्ने घर पुन निर्माणमा एमाले अछामले कुनैपनी कुराको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।

Saud Agro Kailash

यो संकटको बेला पिडितहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउदै नेता बोगटीले थप सहयोगका लागि नेकपा एमालेले पहलगर्ने बताउनु भएको थियो । आफु यस क्षेत्रको निर्वाचित जनप्रतिनिधि समेत भएकाले हिजो आज र भोली सधै जनताको माझमा रही रहने प्रतिबद्धता पिडित जनता माझ प्रतिबद्धता जनाउनु भएको थियो ।

शनिबार पार्टिले कमलबजार नगरपालिका वडा न ६ का आफन्तर घर गुमाएका ईन्द्र कामी र नम कामीलाई ५० हजारका दरले १ लाख रकम हस्तान्तरण गरेको छ भने कमलबजार नगरपालिका वडा न ८ का मृतक गम्भिर दमाईका बुवा गोपाले दमाईलाई घर पुन निर्माणमा सहयोग गर्ने उदेश्यले ५० हजार हस्तान्तरण गरेको छ ।

यस्तै तुर्माखाद गाउँपालिका वडा न ५ नाडाका मृतकका आफन्तलाई पनि राहात वितरण गरेको छ । आमा बुवा र बहिनी गुमाएका रुपेन्द्र शाहीलाई ५० हजार हस्तान्तरण गरिएको छ भने आफन्त गुमाएका रिठे शाहीलाई पनि ५० हजार हस्तान्तरण गरिएको पार्टि सचिव भिम बहादुर रावलले बताउनुभयो ।

एक महिना अगाडी आएको बाढिमा परि आफन्त गुमाएमा तुर्माखाद गाउँपालिका वडा न २ भुलुका दुई जनाले ज्यान गुमाएका थिए उक्त घट्नामा ज्यान गुमाएका आफन्तहरुलाई पनि ५० हजार घर निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यले गाउँपालिका अध्यक्ष डम्बर बिसी मार्फत हस्तान्तरण गरिएको थियो । यस्तै पािर्टले ढकारी गाउँपालिका वडा न ६ र वडा न १ पिडितहरुलाई पनि राहात वितरण गरेको छ ।

राहात वितरण कार्यक्रमा एमाले केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटी, एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा, संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमीटी सचिवालय सदस्य दिपक अधिकारी, तुर्माखाद गाउँसंगठन कमीटीका ईन्चार्ज नरेश कुमार शाही, एमाले मंगलसेन नगरकमीटी ईन्चार्ज लिलाराज केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नर बहादुर रावल, एमाले जिल्ला कमीटी सदस्य सिद्ध प्रसाद ढुंगाना, कार्यालय सचिव पुस्प कठायत , बुद्धिजीवी परिषद अछामका अध्यक्ष भरत सोडारी, अछाम काठमाण्डौ सम्पर्क मंचका सचिव रमेश प्रसाद भण्डारी, विद्यार्थि नेता मुक्तिनाथ बोहरा, दिपक भण्डारी लगायत स्थानीय पालिका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेकपा एमाले अछामले पार्टिका विभिन्न संगठनमा अवद्ध नेता तथा कार्यकर्ताहरु संकलन गरेको ४ लाख २० हजार ५०० रुपैया जिल्लाका ३ वटै पालिकामा रहेका बाढिपिडितहरुलाई राहात हस्तान्तरण गरेको एमाले अछामका सचिव भिम बहादुर रावलले मंगलखबरलाई जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.