भीम रावल भन्छन्- मलाई उम्मेदवारीबाट रोकियो, भोलिसम्म व्यवस्थित निर्णय लिन्छु

नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन् । पत्रकार सँग शनिबार संक्षिप्त कुराकानी गर्दै रावलले यस्तो बताएका हुन् ।

आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबारसम्म निर्णय लिने उनले बताए । ‘म आफैंलाई पनि उम्मेदवारीबाट रोकिएको छ । यसका सम्पूर्ण पक्ष गहन अध्ययन गरिरहेको छु । आइतबारसम्म म व्यवस्थित रूपमा मेरा धारणा र निर्णय सार्वजनिक गर्नेछु,’ रावलले भने ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अछाम- १ बाट रावल सर्वसम्मत रूपमा सिफारिस भए पनि उनलाई रोकेर माओवादीबाट हालसालै एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ । रावलले भदौ २१ मा सेतोपाटीसँग कुराकानी गर्दै कुनै पदमा जाने वान नजाने भन्दा पनि राष्ट्रको सर्वोपरी हीत र पार्टी विधिमा चल्नुपर्ने विषय आफ्ना लागि महत्वपूर्ण हुने बताएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट पाउनका निम्ति १० बुँदे पक्षधरले माफी माग्नुपर्ने आफूनिकटहरूसँग बताउँदै आएका थिए। एमालेको १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको आकांक्षामा रावल र घनश्याम भुसालले चुनौती दिएका थिए ।

भुसालले शनिबार एमाले छाडेको घोषणा गरिसकेका छन्। रूपन्देहीबाट सिफारिस भए पनि उनले टिकट पाएनन् । ४५ वर्षसम्म विधिको र पार्टी पुनर्स्थापनाको कुरा गरे पनि हाल सम्भव नदेखेपछि छोड्नुपरेको उनको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘…म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

-Setopati

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.