नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले प्रदेशका सबै उम्मेदवारको टुंगो लगाउँदै सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको हो ।
सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये नेकपा माओवादी केन्द्रले ४, कांग्रेसले ९ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ । आफ्नो भागमा परेका नेकपा माओवादी केन्द्रले ४ सिटमा उम्मेद्वार टुंगो लगाएको नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष उपाध्यक्ष अक्कल रावले बताए । यस्तै प्रदेशसभा तर्फका उम्मेद्धारको पनि टुंगो लागेको छ । माओवादीको भागमा परेका प्रदेशसभाका सबै १२ सिटमा उम्मेद्धारहरुको टुंगो लागेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
प्रतिनिधि सभातर्फ
कंचनपुर १:- बीना मगर
बैतडी :- नरेन्द्र कुवर ‘बिजयसुन्दर’
कैलाली २:- भगत बडुवाल
कैलाली ३:- कृष्ण कुमार चौधरी
प्रदेश सभातर्फ
डडेल्धुरा (क) खगराज भट्ट
कैलाली १ (ख) दिर्घ बिनाडी
कैलाली २ (ख) नन्दबहादुर साउँद
कैलाली ५ (क) रमेश सिंह धामी
कञ्चनपुर २ (क) ओम विक्रम भाट
कञ्चनपुर ३ (क) टेकेन्द्र प्रसाद भट्ट
दार्चुला (ख) मानबहादुर धामी
डोटी (ख) शिवसिंह ओली
बाजुरा (क) कर्णबहादुर बिक
अछाम १ (ख) झपट साउँद
अछाम २ (क) अक्कल रावल
बझाङ (ख) भिम भण्डारी