रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी रद्द

टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरी र  कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याईएका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको छ ।

Samajik New Add 2082

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरी र नागरिक उन्मुक्ति पार्टीबाटै कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थारुको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन जनाएको छ ।

रेशम चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उनले बताए ।

‘उहाँ २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको भनी डिल्लीबजार कारागारले हामीलाई पत्र दिएको छ, उच्च अदालत डोटीबाट पनि उहाँ दोषी ठहर भएको पत्र दिएको छ’ उनले भने, ‘उहाँ प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो ।’

ऐनको उक्त व्यवस्था अनुसार कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुन्छन् ।

यस्तै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय गरी फरार रहेको उजुरी दर्ता भएपछि लक्ष्मणको सोही उजुरीको आधारमा मनोनयन दर्ता खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालले जानकारी दिएका छन् । प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका राम बहादुर सिंहले दिएको उजुरीको आधारमा उम्मेदवारी रद्ध गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.