मंगलसेन नगर स्तरिय विपद जोखिम व्यवस्थापन समितिको बैठक द्धारा विभिन्न निर्णय

नगर स्तरिय विपद जोखिम व्यवस्थापन समितिको बैठक मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । नगर प्रमुख तथा समिति संयोजक पदम बहादुर बोहराको अध्यक्षतामा भएको बैठकले बिभिन्न निर्णय पारित गरेको हो ।

Samajik New Add 2082

बैठकले राहत वितरण मापदण्ड तयार गर्नुका साथै लगातारको अविरल वर्षाका कारण भएको क्षतीको विवरण संकलन गर्ने, राहात वितरण गर्ने, विपद जोखिम सम्वन्धि जनहितकारी सन्देश प्रकाशन तथा प्रशारण गर्ने र भदौ ३० र ३१ तथा असोज १९ गतेदेखी परेको अविरल वर्षाका कारण विपदमा परेकाहरुबाट प्राप्त निवेदनउपर छलफल गरि राहत प्रदान गर्ने निर्णय गरिएको छ ।

बैठकमा नगर उपप्रमुख संगिता कुमारी रावल, समिति सदस्य तथा वडा नम्वर १ का अध्यक्ष लोकराज नाथ, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, उद्योग बाँणिज्य संघका छत्र बहादुर बोहरा, नेपाल रेडक्रस सोसाईटीका नगेन्द्र प्रसाद ढुंगाना, प्रहरी चौकि मंगलसेनका ईञ्चार्ज पदम राज जोशी, समाजसेवी पदम सिंह भाट र भावना बिकको उपस्थिति रहेको समितिका सदस्य सचिव नरेश बहादुर कठायतले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.