मंगलसेन नगरपालिकाका बिपद् पिडित १० जनालाई एक लाख ६० हजार राहत प्रदान

होम साउदः

मंगलसेन नगरपालिकाले बिपद पिडितहरुलाई राहात उपलव्ध गराएको छ । असोज १९ देखी २४ सम्म आएको अविरल वर्षाका कारण बिपदमा परेका नगरभित्रका १० जनालाई जम्मा १ लाख ६० हजार नगद राहत प्रदान गरिएको हो ।

Everest Incitute

वर्षाका कारण बाढि तथा पहिरोमा परि घर, व्यवसाय, पशुपंक्षी तथा आलिबाली पूर्ण रुपमा क्षती भएकाहरुलाई नगरप्रमुख पदमबहादुर बोहराले नगद राहत हस्तान्तरण गर्नुभएको थियो । राहात प्राप्त गर्नेहरुमा वडानम्वर ३ का दुई जना, ४ का एक जना, ५ का तिन जना, वडा नम्वर १०, ११, १२ र १३ का एक-एक जना रहेका छन । पिडितहरुलाई क्षतीको प्रकृति हरेर न्यूनतम तिन हजार देखी ३० हजार सम्म राहात उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ ।

राहात वितरण गर्दै नगरप्रमुख बोहराले पिडितहरुलाई नजिकैको सरकार भएको अनुभुति दिलाउन र थोरै भएपनी सहयोग पुगोस भनेर राउपलव्ध गराईएको बताउनुभयो । नगरका १४ वटै वडामा भएको सम्पूर्ण क्षतीको बिवरण संकलन भईरहेको र क्षतीको अवस्था हेरेर उचित राहात सहयोग गरिने उहाँको भनाई छ ।

राहात वितरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद उपाध्याय, नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, ७ का अध्यक्ष राज बहादुर शाही, विपद शाखा प्रमुख नरेश बहादुर कठायत लगायतको सहभागीता रहेको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.