गठबन्धन दलहरुद्वारा मंगलसेन नगर स्तरिय निर्वाचन परिचालन समिति गठन

सत्ता गठबन्धनका दलहरुकाे संयुक्त बैठक मंगलसेनमा सम्पन्न भएको छ । गठबन्धनका नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सयुक्त्त बैठक सम्पन्न भएको हाे ।
नेपाली काङ्ग्रेस मंगलसेन नगर कमटीका उपसभापति हेमराज भन्डारीकाे अध्यक्षतामा भएको बैठकले मंगलसेन नगरपालिका स्तरिय निर्वान परिचालन समिति गठन गरेकाे छ । एकीकृत समाजबादीका नगर कमिटी अध्यक्ष पूर्ण बहादुर रानाकाे संयाेजकत्वमा ५ सय २१ सदस्य रहने गरि निर्वाचन परिचालन मुल समिति गठन गरिएको छ । जसमा उप संयाेजक नेपाली काङ्ग्रेसका हेमराज भण्डारी र सचिव नेेकपा माओवादी केन्द्रका कमल थापा लगायत अन्य सदस्य रहेका छन ।

Everest Incitute

आसन्न मंसिर ४ काे निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन सबै नेता कार्यकर्ता परिचालन हुने निर्णय समेत गरिएको छ ।

बैठकमा क्षेत्र नम्वर २, प्रतिनिधि सभा सदस्य उम्मेद्वार पुस्प बहादुर शाह, क्षेत्र नम्वर २ (१) का उम्मेद्वार अक्कल बहादुर रावल, क्षेत्र नम्वर २ (२) का  उम्मेद्वार मान बहादुर रावल, प्रदेश सभा समानुपातिक उम्मेद्वार माेतिकला चलाउने, केशरी रेग्मी लगायत गठबन्धन दलका जिल्ला तथा नगर स्तरीय नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.