जनसेवामा दृढ, विकासमा प्रतिबद्ध : झपट साउद

बालाराम उपाध्याय:
सपना त धेरैले देख्ने गर्छन्, तर ति सपनाहरूलाई बिपनामा परिणत गर्ने अवसर दुनियाँमा थोरै मान्छेलाई मात्रै प्राप्त हुन्छ। सपनाहरू पनि मान्छेको स्वभावमा आधारित हुन्छन् । धेरैजसोका सपनाहरू हुन्छन् प्रसस्तै धन सम्पति कमाउने, ठुलो मान्छे बन्ने, एस आरामको जिन्दगी जिउने । यो संसारमा  थोरै मान्छे यस्ता पनि हुन्छन् जसले दुनियाँ को सुखलाई आफ्नो सुख र दुनियाँ को दु:ख लाई आफ्नो दु:ख ठान्छन् । दुनियाँको शुखको लागि आफ्नो सबै कुरा त्यागेर अरुको भलाईको निम्ति तम्तयार हुन्छन् । ति र त्यस्ता मान्छेहरु मध्ये कोहि लक्ष्यमा पुग्छन् त कोहि विविध कारण  गन्तव्य को शिखरमा पुग्न सक्दैनन् ।

प्रकृतिको निएम बुझि नसक्नु छ । जसले यि कुरामा ध्यान पुर्याउछ ऊ सफल हुन्छ पनि । यस्तै एकजना पात्र हुन् झपट साउद । अछाम जिल्ला को बिकट क्षेत्रमा चिरपरिचित तत्कालीन भाटाकाटिया गा. वि.स.पुदु गाउँमा २०३७ सालमा बुवा बिर बहादुर साउद र आमा रिकि देवि साउदको कोखबाट जन्मेका क्रान्तिकारि योद्धा हुन् झपट साउद । बुबाको सरकारि जागिर थियो, अगाडि दाइ र पछाडी भाइहरु थिए, के खाउ ? र के लाउ को स्थिति थिएन । जिल्लामै ख्याति प्राप्त क्याम्पसमा अध्ययन गर्दागर्दै  नेपालको आमुल परिबर्तनको उद्देश्य लिएर शुरु गरिएको जनयुद्ध प्रति प्रेरित भइ देश र जनताको मुक्क्ति नै मुख्य  ध्येय ठानि, लाउलाउ र खाउखाउको कलिलो उमेरमा बाआमाका तत्कालीन र दीर्घकालीन सपनाहरू लाई थाति राख्दै उनी जनयुद्धमा हाेमिए । २०५६ सालमा नेकपा माओवादीको पुर्णकालिन कार्यकर्ता भएर भुमिगत भइका साउद २०५४ सालमै अखिल क्रान्तिकारीमा संगठित भै सक्नु भएको थियो । २०५८ सालमा अखिल क्रान्तिकारी अछाम जिल्ला अध्यक्ष २०५९ मा केन्द्रिय सदस्य, अछाम बाजुरा इन्चार्ज, २०६१ मा केन्द्रिय सचिवालय  सदस्य र पार्टीको जिल्ला कमिटी सदस्य, तत्कालीन शाही सरकारले सत्ता हातमा लिइ चरम दमन गरिरहेको समयमा २०६१ सालमै नारायणि-बाग्मति इन्चार्ज तथा पार्टीको क्षेत्रीय ब्युरो सदस्य, २०६३ मा अखिल क्रान्तिकारीको सेति महाकाली संयोजक तथा पार्टीको ब्युरो सदस्य भएका साउद २७ बर्ष को कलिलो उमेरमा अछाम जिल्ला क्षेत्र नम्बर १ बाट २०६४ सालमा संविधान सभाको सदस्य  पदमा चुनाव लड्नु भयो । नेकपा माओवादी केन्द्र अछाम जिल्ला संयोज, नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको  नेकपा अछाम जिल्ला सचीव, हाल नेकपा माओवादी केन्द्रको  केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज हुनुहुन्छ ।

पार्टीका विभिन्न पद र जिम्मेवारीमा रहि काम गर्नुका साथै पार्टी भित्र कुशल संगठकको छबि बनाउन सफल उहाँ सबैले मन पराउने नेता मध्येमा पर्नुहुन्छ ।
सधैं अछामि जनताको विकास र समृद्धि को लागि प्रयासरत साउद अछामी युवा हरुका मात्रै हैनन सबै उमेर समुहको मान्छेको अत्यन्तै पृय नेता हुन् । अछामको सबै जनताको जनजीवनको बारेमा राम्रो ज्ञान भएका साउद सबै जाति, वर्ग, क्षेत्र समुदायको बोलि व्यबहार, रहनसहन, चाल चलन संग घुलमिल भैसकेको र यहाँका हरेक समस्या र चुनौती तथा अवसरको बारेमा गहन अध्ययन भएको नेता हुनुहुन्छ । सरल र मिजासिलो स्वभाव भएका नेता साउद, जनयुद्धको समयमा अछामका सबै गाउँ बस्तीमा आफु पुगेको हुँदा विकास निर्माण र युवा रोजगारीको लागि आफु संग विकासको स्पस्ट खाका रहेको बताउनुहुन्छ ।

आन्दोलन र क्रान्तिमा विचलित नभइ देश र जनताको मुक्तिको  निमित्त जनयुद्धको कुशल सिपाही झपट साउद आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा अछाम जिल्ला संघीय निर्वाचन क्षेत्र १, प्रदेश सभा निर्वाचन क्षेत्र २ मा बाम लोकतान्त्रिक गठ्बन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

आफैले लडेर ल्याएको ब्यबस्थामा आफुले चुनाव जित्न कठिन न भएको र जितिसकेपछि जनताको चाहना र भावना को कदर गरि जनयुद्धको सपना पुरा गर्ने र जनताको मालिक हैन सेवक भएर काम गर्ने आफ्नो लक्ष्य र उद्देश्य रहेको साउद बताउँछ । जनताको नेता झपट साउदका देश निर्माणका तमाम सपनाहरू पुरा गर्ने अवसर प्रदान गरिदिनु हुन अछाम जिल्लाको भाग्यबिधाताहरु समक्ष मेरो अपिल छ। मंसिर ४ मा गोलाकार भित्रको हसिया हटौटा चुनाव चिन्नमा मतदान गरि झपट साउदलाई बिजयी बनाईदिनहुन सादर अनुरोध पनि गर्दछु।

लेखक उपाध्याय नेकपा माओवादी केन्द्रकाे अछाम जिल्ला सदस्य तथा अधिवक्ता हुनुहुन्छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.