सुदूरपश्चिमलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय नियुक्ति दिनुपर्ने छः देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि पनि आफ्नो सरकार बने राष्ट्रिय-अन्तर्राष्ट्रिय नियुक्ति दिन मिल्ने बताएका छन् ।

धनगढीमा आइतबार आयोजित सत्ता गठबन्धनका दलको संयुक्त प्रशिक्षण भेलामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

देउवाले सुदूरपश्चिममा अघिल्लो चुनावमा कांग्रेसबाट एउटामात्रै जितेका देउवाले प्रधानमन्त्री बनाइदिएकोमा सत्ता गठबन्धनका दल र जनतालाई धन्यवाद पनि दिए ।

‘सुदूरपश्चिमका दाजुभाइहरूको सपोर्टले एक जनामात्रै जितेको कांग्रेसको व्यक्तिलाई अन्य पार्टीका साथीहरूले साथ दिँदा अहिले प्रधानमन्त्री बन्न पाएको छु, यसका लागि म सुदूरपश्चिमका दाजुभाइ दिदी-बहिनीको तर्फबाट उहाँहरूलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

Everest Incitute

फेरि आफ्नै सरकार बन्ने वर्चश्व रहने भएकाले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि गठबन्धनलाई जिताउन उनले आह्वान गरे ।

अहिले देश कता जाने भनेर महत्वपूर्ण मोडमा पुगेको प्रधानमन्त्री देउवाले बताए ।

सात सालदेखि लडेर ल्याएको संविधान र संघीय शासन प्रणाली बचाउन सुदूरपश्चिमको सहयोग जरूरी रहेको उनले बताए ।

‘सुदूरपश्चिमबाट गठबन्धनका पक्षमा जित सुनिश्चित हुनुपर्छ, त्यो भएको खण्डमा नै भोलिका दिनमा धेरै ठाउँहरू प्राप्त हुनेछ, भोलि राष्ट्रिय-अन्तर्राष्ट्रिय नियुक्तिहरू मिल्नेछन्,’ उनले भने ।

-setopati

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.