सत्ता गठबन्धनको घरदैलो कार्यक्रम बैजनाथ र जाल्पादेविमा सम्पन्न

Purnima Mobile
Samajik Bal biwaha

अछाम । सत्ता गठबन्धन नेपाली कांग्रेश, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका वडा नं १ बैजनाथ वडा नं २ जाल्पादेविमा सम्पन्न भएको छ ।

Mangala Bharna

घरदैलो अभियान कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का प्रतिनिधि सभाका उम्मेद्बार शेरबहादुर कुँवरले संविधान खारेज गरेर शानस सत्ता हातमा लिनेविरुद्ध गठबन्धन बनेको बताए ।

Mellekh RM1

उनले संविधान खारेज गरेर एकलौटी शासन हातमा लिनेविरुद्ध एक जुट भई अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई विजयी गर्न तिर लाग्न गठबन्धन दलका नेता र कार्यकर्ताहरूलाई आग्रह गरे ।

Saud Agro Kailash

कार्यक्रममा बिशिष्ठ अतिथि नेपाली कांग्रेसका प्रदेशका महामन्त्री एवम् प्रदेश (क)का उम्मेदवार मेघराज खड्काले यो क्षेत्र विकासको लागि आवाज उठाउदै आएको स्मरण गर्दै थप विकासको लागि वाम लोकतान्त्रिक गठबन्धकको जित आवस्यकता रहेको धारणा व्यक्त गररे । उनले आफूलाई निर्वाचित गराएमा समग्र अछामको विकासको लागि आवाज उठाउने धारणा व्यक्त गरे ।

प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार डम्बर सुनारले हरेक गुनासा चुनावसम्म बिर्सिएर गठबन्धनलाई विजय गराउनु पर्नेमा जोड दिए ।

प्रदेश सभाका समानुपातिक उम्मेदवार केशरी रेग्मीले गठबन्धनका उम्मेदवारले हार्नु भनेको राष्टले हार्नु भएका कारण गठबन्धमा सबै पार्टीका नेता कार्यकर्ताले ईमान्दार भएर चुनाव जिताउने अभियानमा लाग्नु पर्नेमा जोड दिईन् ।

घरदैलो अभियान कार्यक्रममा नेपाली काग्रेशका निवर्तमान पार्टी सभापति भरत कुमार स्वार, प्रदेश कार्यसमिति सदस्य रुपा आउजी, नेपाली काँग्रेशका क्षेत्रिय सभापति कृष्ण बुढा, महासमिति सदस्य नृप साउद, भगवती खनाल, महाधिवेशन प्रतिनिधि एवम् साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर, नेपाली कांग्रेसका नेता धोजबहादुर कुँवर, टेकबहादुर कुँवर, एकीकृत समाजवादी केन्द्रिय सदस्य कुलबहादुर कुँवर, मिना साउद, केन्द्रीय परिषद सद्स्य धुर्बादेवी कुँवर, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मनोज रावल लगायतको सहभागिता रहेको थियोे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.