सत्ता गठबन्धनको घरदैलो कार्यक्रम गाज्रा र जनालिकोटमा
गठबन्धन विरुद्ध भएको षडयन्त्र चिर्न गठबन्धनका नेता कार्याकर्तालाई मन्त्री कुँवरको आग्रह
मंगलसेन – अछाम निर्वाचन क्षेत्र नमबर १ को सत्ता गठबन्धन नेपाली कांग्रेश, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकाको वडा नम्बर १ गाज्रा र वडा नम्बर २ जनालिकोटमा शुक्रबार आज सम्पन्न भएको छ ।
घरदैलो अभियान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्बार शेरबहादुर कुँवरले तीन दलिय गठबन्धन विरुद्ध भएको षडयन्त्र चिर्न गठबन्धनका नेता कार्याकर्तालाई आग्रह गर्नुभएको छ ।
उहाँ केही चुनाव हार्ने डरले जातीयता, क्षेत्रीयताको नारा लगाएर समाजलाई भाड्ने काम गर्ने प्रयास भएको भन्दै सजक रहन आग्रह समेत गर्नुभयो । उहाँले संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएकोले यो गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । यो गठबन्धले जितेमा मात्र संविधान रक्षा हुने धारणा व्यक्त गर्नुभयो ।
घरदैलो कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अछाम ईन्चार्ज एवम् प्रदेश (ख) का उम्मेदवार झपट साउदले अहिलेको चुनाव प्रतिगबन्धनका विरुद्ध भएको बताउनुभयो । उहाँले एमालेको गठबन्धन राजावादी, पृथकतावादीसँग बनाएकोेले अपवित्र रहेको दावी गर्नुभयो ।
प्रदेश सभाका समानुपातिक उम्मेदवार केशरी रेग्मीले गठबन्धनले जित्नु भनेको देशले जित्नु भएका कारण अहिले कुनै तर्क वितर्क नगरी जिताउने अभियानमा लाग्नु पर्ने धारण व्यक्त गर्नुभयो ।
घरदैलो अभियान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकर साउद भाष्कर, एकीकृत समाजवादी केन्द्रिय सदस्य कुलबहादुर कुँवर, मिना साउद, सुदुरपश्चिम् प्रदेस सरकारका आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारि, नेपाली काग्रेशका निवर्तमान पार्टी सभापति भरत कुमार स्वार, प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वाँर, केन्द्रीय परिषद सद्स्य धुर्बादेवी कुँवर, नेकपा माओवादी केन्द्रका अछाम संयोजक रबिन्द्र साउद, प्रदेश कमिटी सदस्य गोबिन्द साउद, मनोज रावल,नेपाली कांग्रेसका महासमिति सदस्य नृप साउद, लगायतको सहभागिता रहेको थियोे ।
-societysanchar