एमाले प्रदेश उम्मेदवार उपाध्यायको घरदैलो अभियान जारी

नेकपा एमाले क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार शिव प्रसाद उपाध्यायले घरदैलो अभियानलाई निरन्तर दिएका छन । मंगलसेन नगरपालिका अन्तर्गतका विभिन्न वडामा मतदाता भेटघाट सहित घरदैलो अभियानलाई निरन्तरता दिएका हुन ।

Samajik New Add 2082

आईतवार र सोमबार गरि वडा नम्बर ९,१०,११,१२ र १४ मा उम्मेदवार उपाध्याय नेतृत्वको टोलिले घरदैलो गरेको हो । टोल टोल सहित घरमा मतदाता भेटघाट गर्दै उम्मेदवार उपाध्यायले जनताको सेवा गर्नका लागि जनता माझ आएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो । हरेक जनताका पिडामा मलम लगाउन तत्पर रहेकाले सेवा गर्ने अवसर जनताले दिनुपर्ने बताए ।

घरदैलो भेटघाट कार्यक्रममा उम्मेदवार उपाध्याय सहित नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य भिम जनाला, अनेरास्ववियु स्थायी कमिटी सदस्य कमल ढुंगाना, एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मंगलसेन नगर ईन्चार्ज लिलाराज केसी, मंगलसेन नगरकमिटि सचिव डम्बर रावल, सदस्य चक्र बहादुर रावल लगाएतको सहभागीता रहेको थियोे ।

Leave A Reply

Your email address will not be published.