माओवादी केन्द्रका बरिष्ट उपाध्यक्ष श्रेष्ठ भोली अछाम आउँदै

अछाम – नेकपा माओवादी केन्द्रका बरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कार्तिक २६ अर्थात भोली अछाम आउने भएका छन ।

Everest Incitute

गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न बरिष्ट उपाध्यक्ष श्रेष्ठ अछाम आउन लागेको नेकपा माओवादी केन्द्रका सुुदुुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष अक्कल बहादुुर रावलले जानकारी दिए ।
रावलका अनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्तिक २६ अर्थात भोली जिल्लाको कमलबजारमा चुनावी सभाको आयोजना गरिएको छ ।

उक्त सभामा बरिष्ट उपाध्यक्ष श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम तयार भएको छ ।अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्त रुपमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

गठबन्धनको संयुक्त चुनावी सभामा जिल्ला स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने पनि रावलले जानकारी दिए ।

 

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.