प्रधानमन्त्री देउवा मंसिर १ गते अछाम आउने

मंगलसेन – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा अछाम आउनु हुने भएको छ ।

Everest Incitute

यहि मङ्सिर १ गते अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा हुने आमसभा सम्बोधन गर्नका लागि देउवा अछाम आउन लाग्नु भएको कांग्रेस अछामले जनाएको छ ।

सत्ता गठबन्धनको सयूक्त चुनावी आमसभालाई सम्बोधन गर्न देउवा अछाम आउन लाग्नु भएको कांग्रेस अछामका सभापती एवंम प्रतिनिधी सभा सदस्य अछाम क्षेत्र नम्बर २ का उम्मेद्धार पुष्प बहादुर शाहले बताउनुभयो । शाहका अनुसार देउवा मङ्सिर १ गते बिहान १० बजे चुनावी सभा सम्बोधन गर्न अछाम आउन लाग्नु भएको हो ।

देउवा संगै सत्ता गठबन्धन दलका अन्य नेताहरुको समेत सभागीता रहने नेबिसंघ अछामका सचिव तथा निर्वाचन परिचालन समिती क्षेत्र नम्बर २ का संयोजक बम स्वाँरले जानकारी दिनु भएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.