‘बहकिने मन’ कार्यक्रमका सञ्चालक महाबिर विश्वकर्माको सवारी दुर्घटनामा निधन

Everest Incitute

काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ ।
चितवनको माडीबाट काठमाडौं आउने क्रममा आज बिहान अन्दाजी साढे ५ बजेतिर विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किदा उनको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ ।
दुर्घटना लगत्तै विश्वकर्मालाई पुरानो मेडिकल कलेज चितवन ल्याउने पुर्याउन नपाउदैँ मृत्यु भएको चितवनका प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार विश्वकर्मा चढेको बा४ ख ४१२ नम्बरको माइक्रोबसले सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । माइक्रोबसमा रहेका थप ५ जना घाइते रहेको प्रहरीले जनाएको छ ।
निधन भएका विश्वकर्मा केहि दिनदेखि आफ्नो स्थायी घर चितवनको माडीमा रहेका थिए । सोमबार नै काठमाडौं आउने तयारी गरे पनि बुबा बिरामी भएका कारण एक दिन ढिलो गरेर आज काठमाडौंका लागि हिँडेका उनको पारिवारिसक स्रोतले जनाएको छ ।
विश्वकर्माले लामो समयदेखि चर्चित कार्यक्रम बहकिने मन सञ्चालन गर्दै आएका थिए । विश्वकर्मा आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उक्त पार्टीको भातृ संगठन जात व्यवस्था उन्मुलन मोर्चाको सचिव थिए ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.