कैलालीमा बेहोस भेटिएकी किशोरीको मृत्यु, ‘लभर’ समातिए

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ की एक किशोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार १७ वर्षीयाा भागरथी ढुंगालको मृत्यु भएको हो ।

Samajik New Add 2082

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। आइतबार साँझ साथीलाई भेट्न भनेर गएकी ढुंगाल सोमबार बिहान आफन्तले बेहोस अवस्थामा फेला परेको उनका आफन्तले जानकारी दिए ।

यस्तै अहिले उक्त घटनामा छानविनका लागि ती किशोरीका केटा साथी (प्रेमी) घोडाघोडी नगरपालिका-११ का १९ वर्षीय नरेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा रहेका नरेशले आफुहरुबीच प्रेम सम्बन्ध रहेको प्रहरीलाई बताएका छन् ।

-dineshkhabar

Leave A Reply

Your email address will not be published.