२३ बर्षपछि कांग्रेसको कमब्याक, सभापती शाह फराकिलो मतान्तरले विजयी

पूर्ण बहादुर खड्का, अछामः-

अछाम प्रतिनिधि सभा क्षेत्र नं. २ मा २३ बर्ष पछि नेपाली कांग्रेसले जित हासिल गरेको छ । सत्ता गठबन्धनका दलको सर्मथनमा नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाह विजयी भएका हुन् ।

शाहले २२ हजार ९ सय ५४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका यज्ञ बहादुर बोगटीले १६ हजार १ सय १४ मत प्राप्त गरे । उनिहरु बिच को मतान्तर ६ हजार ८ सय ४० रहेको छ । यसअघि २०७४ सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा बाम गठबन्धनबाट चुनाव लडेका बोगटी संग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए ।

त्यस निर्वाचनमा बोगटीले २१ हजार ९६५ मत पाएर विजयी भएका थिए भने पुष्प शाहले १९ हजार १०६ मतमा साथमा निकटतम प्रतिद्वन्द्वीमा रहेका थिए ।

Everest Incitute

नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ मा २३ बर्ष पछि कम ब्याक हुन सफल भएको हो । २०५६ यताका चुनावमा लगातार पराजित कांग्रेस यसपटकको निर्वाचमा जित हासिल गर्न सफल भएको छ ।

२०५६ मा नेपाली कांग्रेसको तर्फबाट रामबहादुर बिष्ट विजयी भएका थिए भने त्यसपछि भएका ३ वटा निर्वाचनमा कांग्रेस लगातार पराजित हुदैँ आएको थियो । २०६४ मा भएको संबिधान सभाको चुनावमा तत्कालिन एकिकृत नेकपा माओवादीका शरद सिंह भण्डारी विजयी भएका थिए । कांग्रेसका बिष्ट उनिसंग पराजित भएका थिए ।

२०७० मा भएको दोश्रो संबिद्यान सभाको चुनावमा एमालेका भरत साँउद बिजयी भएका थिए भने साँउद संग नेपाली कांग्रेसका बल बहादुर कुवँर पराजित भएका थिए ।

२३ बर्ष पछि कांग्रेस विजयी भएपछि नेता कार्यकर्तामा खुशियाली छाएको छ । अछाम क्षेत्र नं. २ मा संगठनात्मक रुपमा कांग्रेस बलियो पार्टी भएपनि पार्टी भित्रकै अन्तरघातका कारण पराजित हुदैँ आएको थियो । कांग्रेसको जित संगै नेता कार्यकर्तामा उत्साह देखिएको छ ।

यसपटक नेपाली कांग्रेस क्षेत्र नं. २ एकठाँउमा उभिएको थियो एक नेताले भने केही नेताहरु बाहेक कार्यकर्ता र सर्मथक कांग्रेस जिताउने पक्षमा थिए, फलस्वरुप हामीले जित हासिल गर्न सफल भयौँ । त्यसैमा सत्ता गठबन्धन दलको समेत साथ हुदाँ अझ बढी सहज भएको उनले बताए ।

यस क्षेत्र बाट राष्टिय प्रजातन्त्र पार्टीका मिन बहादुर शाही २ सय ८४, नेपाल मजदुर किसान पार्टीका झंकर बहादुर शाही १ सय ८ र स्वतन्त्र उम्मेद्धार चन्द्र प्रसाद ढुंगाना ३ सय ११ मत प्राप्त गरे । जम्मा ४१ हजार ७ सय ३५ मध्ये ३९ हजार ४ सय ७३ क्रमश मत प्राप्त गरे । १ हजार ९ सय ६२ मत बदर भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.