अछाम-१ प्रदेशसभा (२) “ख” मा नेकपा माओवादी केन्द्रका झपट साउद विजयी

अछामः–

अछाम क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा (२) “ख” मा नेकपा माओवादी केन्द्रका उम्मेद्धार झपट साउद विजयी हुनुभएको छ । विहीबार बिहान सम्पन्न मत गणना अनुसार साउदले नेकपा एमालेका कृष्णप्रसाद जैशीलाई ३ हजार ९६ मतको अन्तरमापराजित गर्दै बिजयी बन्नुभएको हो ।

Everest Incitute

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज समेत रहनुभएका युवा नेता साउदले १२ हजार ११५ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका कृष्णप्रसाद जैसीले ९ हजार १९ मत मात्रै प्राप्त गर्नुभयो । सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचित साउद २०६४ को संविधानसभा सदस्य पदमा अछाम १ बाट प्रत्यासी उम्मेद्धार हुनुहुन्थ्यो । पराजित एमाले नेता जैशी भने पूर्व जिविस अछामको सभापति हुनुहुन्थ्यो ।

अछामका २ वटै क्षेत्रमा प्रतिनिधिसभामा पनि वाम लोकतान्त्रिक गठबन्धनकै उम्मेदवार विजयी भएका छन । अछाम १ मा नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य तथा श्रममन्त्री शेर बहादुर कुवर र अछाम २ मा नेपाली काँग्रेसका जिल्ला सभापति पुष्प बहादुर शाह फराकिलो मतान्तर सहित बिजयी भैसकेका छन भने अछाम १ को प्रदेशसभा १ मा पनि सत्ता गठबन्धनबाटै नेपाली काँग्रेसका मेघराज खड्का निर्वाचित हुनुभएको छ ।

अछाम २ को प्रदेशसभा १ मा पनि सत्ता गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष अक्कल बहादुर रावल जितको नजिकै पुग्नुभएको छ । रावलले यो समाचार तयार पार्दा सम्म ९ हजार ४८६ र नेकपा एमालेका भीम बिष्टले ७ हजार १३० मत पाएका छन ।  अछाम २ प्रदेशसभा २ को गणना हुन बाँकी छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.