अछाम २ (१) मा माओवादी केन्द्रका अक्कल रावलको जित सुनिश्चित 

काठमाडौं । अछाम क्षेत्र नं.-२ को प्रदेशसभा क मा वाम लोकतान्त्रिक गठबन्धनकाे उम्मेदवार अक्कल बहादुर रावलकाे जित सुनिश्चित भएकाे छ । पछिल्लो मत परिणाम अनुसार रावलले ९ हजार ९८० मत प्राप्त गरेका छन् । नेकपा एमालेका भीम बहादुर विष्टले ७ हजार ४९७ मत ल्याएका छन् ।

Everest Incitute

अब गणना हुन बाँकी मत भन्दा रावलले धेरै अग्रता लिएसँगै जित सुनिश्चित भएकाे हाे । यो समाचार तयार पार्दासम्म रावलले २ हजार ४३० मतले अग्रता लिएका छन् । अब गणना हुन मत २ हजार भन्दा कम रहेको बताइएको छ ।

रावलको जित सुनिश्चित भएसँगै सुदूरपश्चिम प्रदेशमा माओवादीका ७ जना उम्मेदवार विजयी भएका छन् । दार्चुलाबाट मानबहादुर धामी, डोटीबाट शिब सिंह वली, कञ्चनपुरबाट ओम बिक्रम भाट, बझाङबाट भिम भण्डारी, अछामबाट झपट साउँद, डडेल्धुराबाट खगराज भट्ट र अछामबाट अक्कल बहादुर रावल रहेका छन् ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.