अछाम २ (१) मा माओवादी केन्द्रका अक्कल रावल ११ हजार २३१ मत सहित बिजयी

अछामः-

Everest Incitute

अछाम क्षेत्र नं.-२ को प्रदेशसभा (१) क मा बाम लोकतान्त्रिक गठबन्धनकाे उम्मेदवार अक्कल बहादुर रावल बिजयी हनुभएको छ । नेकपा एमालेका उम्मेद्धार भीम बहादुर विष्टलाई २ हजार ७ सय ७९ मतले पछी पार्दै रावल सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

अन्तिम मत परिणाम अनुसार निर्वाचित रावलले ११ हजार २३१ मत ल्याँउदा र बिष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहनुभएका युवा नेता  रावल २०७४ को निर्वाचनमा पनि बाम गठबन्धनबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भई नेकपा माओवादी केन्द्रको प्रमुख सचेतक रहिसक्नुभएको छ ।

रावलको जित संगै सुदूरपश्चिम प्रदेशमा माओवादीका ७ जना उम्मेदवार विजयी भएका छन् । दार्चुलाबाट मानबहादुर धामी, डोटीबाट शिब सिंह वली, कञ्चनपुरबाट ओम बिक्रम भाट, बझाङबाट भिम भण्डारी, अछामबाट झपट साउँद, डडेल्धुराबाट खगराज भट्ट र अछामबाट अक्कल बहादुर रावल रहेका छन् ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.