तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर अछाममा एक बालकको मृत्युु

नरेन्द्र रावल : अछाममा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर एक बालकको मृत्युु भएको छ ।

Samajik New Add 2082

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माईला छोरा १४ बर्षका गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भएको हो ।

आज दिउसो दुई भाइ संगै तरुल कोर्न गएका र दाइ ठुलो ढुंगामा च्यापियर मृत्युु हुदा कान्छा भाईले खबर गर्दा गाउमा थाहा भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले बताए ।

मृतक बालक मंगला नेपाल राष्ट्रिय माध्यामीक विद्यालय ओलिगाउमा कक्षा ५ मा अध्ययनरत थिए ।

Leave A Reply

Your email address will not be published.