मंगलसेन नगरपालिकाद्धारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शाह र प्रदेशसभा सदस्य रावललाई अभिनन्दन

होम साउदः

मंगलसेन नगरपालिकाले नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई स्वागत, बधाई तथा अभिनन्दन गरेको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका विच अछाम क्षेत्रनम्वर २ का प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह र अछाम क्षेत्रनम्वर २ प्रदेशसभा २ का प्रदेशसभा सदस्य मान बहादुर रावललाई दोसल्ला, खादा, माला तथा टिका ग्रहण गराएर अभिनन्दन तथा स्वागत एवं बधाई ज्ञापन गरिएको हो ।

Everest Incitute

नग्रप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले अहिले आफूहरु निर्वाचित मात्रै भएको तर बिजयी हुन बाँकी रहेको बताउनुभयो । बिजयी भएको कुरा ५ वर्ष पछि आउने रिजल्टले बताउने शाहको भनाई छ । ३ वटै तहका सरकारकाे समन्व बिना विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै उहाँले देशकाे प्रगतिका लागि सबै दल एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो । अवका दिनमा मंगलसेन नगरपालिकाकाे परामर्श र सल्लाह अनुसार समग्र विकासका लागि प्रतिबद्ध हुने उहाँले वताउनुभयो । भाैतिक विकास संगसंगै जनताको जीवनस्तर माथि उठाउनका लागि विभिन्न सशक्तीकरणका आयाेजनाहरु संचादन गरिनुपर्ने उहाँको भनाई छ ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि रहनुभएका प्रदेशसभा सदस्य मान बहादुर रावलले अवका दिनमा पार्टिगत हिसाबले नहेरि विकासका पूर्वाधारका लागि हिजाेकाे भन्दा राम्रो गर्ने बताउनुभयो । जनताले विश्वासका साथ प्रदेशसभामा पठाईसकेपछी विकास र जनताको सेवालाई ध्यान दिएर अगाडि बढ्ने उहाँले वताउनुभयो । साथै उहाँले प्रशासन चलाउने र सेवाकाे भावले काम गर्ने कर्मचारीले नै भएको भन्दै सेवाग्राहीकाे ठाउँमा आफू भएर सेवा प्रवाह गर्न अनुराेध गर्नुभयो ।

नगर उपप्रमुख संगिता रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.