निर्वाचन सफल पार्न सबैको सहयोग महत्त्वपूर्ण छ : प्रजिअ पाण्डेय

अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेयले मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सफल पार्न सहयोग गर्ने सबै जिल्लाबासीलाई धन्यवाद दिनुभएको छ ।

अछाम जिल्लामा सामान्य केही घट्ना बाहेक ठुलो अप्रीय घट्ना नभएकाले यो जिल्लाका सबै सरोकारवालाको सहयोगमा मात्रै सफल भएको बताउनुभयो ।

निर्वाचन अघि जिल्लाका सबै राजनितिक दल र अन्य सरोकारवाला संग गरिएको छलफल अनुसार जिल्ला स्तरि सुरक्षा समन्वय समितीले पनि आफ्ना गतिविधि संचालन गरेको र मतदाता, राजतिकदल, कर्मचारी पत्रकार लगायत अन्य सरोकारवाला सबैको सकारात्मक सहयोगले चुनाव सम्पन्न भएको भन्दै सबैलाई पुन धन्यवाद दिनुभएको छ ।

Everest Incitute

यस्ता कार्यहरु कुनै एक ब्यक्ति र संस्थाको पहल बाट मात्रै सम्भव नहुने भएकाले जिल्लाबासी सबैले आ आफ्नो क्षेत्रबाट सहयोग भएर मात्रै आफुहरु पनि सफल भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयको भनाई छ ।

यो चिसो मौसममा विभिन्न खालका घट्नाहरु घट्ने भएकाले यस्ता घट्नाहरु न्युनिकरणका लागि सबै नागरिकले सचेतता अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

जंगली जनावरहरु लेकतिर चिसो बढेपछि गाउँ नजिक आउने भएकाले बिशेषगरि जंगली जनवार भालु र बदेलको बढि त्रास हुने भएकाले जंगलतिर जादा समुहमा जान समेत अनुरोध गर्नुभएको छ ।

जिल्ला स्थित विभिन्न संचार माध्यमका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले यस्ता घट्ना न्युनिकरण गर्न संचार माध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला स्थित संचारकर्मि, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको बैठकको संचालन प्रशासकीय अधिकृत मिनराज आचार्यले गर्नु भएको थियोे ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.