अछामः–
मंगलसेन नगरपालिका उपप्रमुख संगीता रावल सोडारीले पछाडी परेका महिलाहरुको उत्थानका लागि कटिबद्ध भएर कामगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
नगरपालिकाका केही वडाहरुमा अहिले पनि महिलाहरु विभिन्न कारणले पछाडी परेको भन्दै त्यस्ता महिला दिदि बहिनीहरुको सामाजिक, आर्थिक र क्षमता विकासका लागि बिशेष योजनाका साथ काम गर्ने बताउनुभयो । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलसेन नगरपालिका वडा नम्बर १ र २ मा आयोजना गरिएको कार्यक्रममा बोल्दै उप प्रमुख सोडारीले यस्ता दिवसको अवसरमा मात्रै नभई अन्य समयमा पनि नगरका महिलाहरुलाई माथि उठाउजने खालका कार्यक्रमहरु ल्याउने योजना आफ्नो रहेकाले नगरका विकट वडाका महिलाहरुलाई पहिलो प्राथामिकथता दिने बताउनुभयो ।
समाजमा महिला माथि अहिले पनि विभिन्न तरिकाले हिंसा भईहेकाले यसले महिलाहरु निकै कमजोर हुदै गएको बताउनुभयो । महिलाहरु समस्यामा परेको बेला आफुलाई जुन समयमा पनि सम्पर्क गर्न महिलाहरुलाई अनुरोध गर्नुभएको छ । मंगलसेन नगरपालिकाका जुनसुकै वडाका महिलाहरु समस्यामा परेको बेला आफ्नो तर्फबाट गर्न सकनिे सम्पुर्ण सहयोग गर्न तयार रहेको उहाको भनाई थियो ।
कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका वडा न १ का अध्यक्ष लोकराज नाथले यस्ता कार्यक्रमले महिलाहरुमा जागरण ल्याउने बताउनुभयो । पछिल्लो समयमा ग्रामिण क्षेत्रका महिलाहरु अग्रसर हुन थालेकोमा खुसी ब्यक्त गर्दै वडा अध्यक्ष नाथले यस्था सभा समारोहमा सिकेको राम्रा कुराहरु आफ्नो दैनिक जिवनमा लागु गर्न समेत अनुरोध गर्नुभएको छ । समाजमा सकारात्मक सोचको विकास गर्नका लागि सबै क्षेत्रबाट सहयोग हुन जरुरी रहेको उहाको भनाई थियो ।
वडा नम्बर १ को कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागिा महिलाहरुले विभिन्न गीत मार्फत सन्देश दिएका थिए । स्थानीय कला संस्कृतिको संरक्षण संगै देउडा गीत मार्फत दिदि बहिनीले देउडा खेलेका थिए ।
कार्यपालिका सदस्य हंस थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष गोपाल थापा, वडा नम्बर २ का मान बहादुर बोगटी, नेकपा एमालेका जिल्ला कमीटी सदस्य भिम बहादुर राना, नेकपा माओवादी केन्द्रका कमल थापा, नेपाली काग्रेसका टेकराज नाथ, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, प्रगतिशिल आधारभुत विद्यालयका प्रधानाध्यापक चन्द्रकला बिष्ट, सहकारी संस्थाका दुर्गा नाथ लगायतले मन्तब्य राख्नुभएको थियो ।
सिएमसी नेपालका मनोपरामर्शकर्ता पार्वति बोहराले लैंगिक हिंसा यसको अवस्था, यसले मानसिक रुपमा पार्ने असर र रोकथामका उपायाका बारेमा कार्यक्रममा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन महिला अगुवा पम्फा रावल रानाले गर्नुभएको थियो ।
अभियान अन्र्तगत मंगलसेन नगरपालिका वडा नम्बर १ मा रहेको कुन्ती मावि कुन्तीमा विद्यालय स्तरिय वक्तृत्वकला कार्यक्रम समेत सम्पन्न भएको छ ।