सेफ हाउसको प्रभावकारी संचालनका लागि समन्वयात्मक बैठक मंगलसेन नगरपालिकामा सम्पन्न

होाम साउदः

अल्पकालिन सुरक्षित आवास गृह  (सेफ हाउस) को प्रभावकारी संचालनका लागि समन्वयात्मक बैठक मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका, जिल्ला समन्वय समिति, साथि संस्था, मंगलसेन महिला बहुउदेश्यीय सहकारी संस्था र सरोकारवालाहरुविच समन्वयात्मक बैठक गरिएको हो ।

मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षातामा भएको बैठकमा सेफ हाउसले जिल्लाका हिंसापिडीत महिला तथा बालवालिकाहरुमा प्रदान गरेको सेवा सुविधाहरु,  संचालनमा आईपरेका आर्थिक तथा व्यावस्थापकीय समस्याहरु लगायतका विषयमा छलफल गरिएको थियो ।

Everest Incitute

छलफलका क्रममा सेफ हाउस संचालन गरिरहेको मंगलसेन महिला बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष मनकला न्योपानेले सुरुवात देखी हालसम्म ६३० जनाले सेवा लिएको तथ्यंक प्रस्तुत गर्नुभएको थियो । साथै आवास गृहको व्यवस्थापनका विषयमा पनि छलफल भएको छ ।

बैठकमा बोल्दै नगरप्रमुख बोहराले सेफ हाउसको प्रभावकारी संचालन र व्यवस्थापनका लागि सबै पालिकाको सहभागितामा बृहत छलफल गर्न जरुरी रहेको वताउनुभयो । मंगलसेन नगरपालिकाको तर्फबाट विगतक दिनहरु जस्तै आगामी दिनमा पनि निरन्तर सहयोग रहने बताउँदै उहाँले अन्य पालिकाहरुबाट पनि सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो । सेफ हाउस जस्तो महत्वपूर्ण विषयमा छलफल भए को भन्दै नगरप्रमुख बोहराले सम्वद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

समन्वयात्मक बैठकमा नगर उपप्रमुख संगिता कुमारी रावल, जिल्ला समन्वय समिति सदस्य पूर्ण रावल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, लेखा अधिकृत बिष्णुप्रसाद उपाध्याय, साथि संस्थाका प्रतिनिधि, मंगलसेन महिला बहुउदेश्यीय सहकारी संस्थाका पदाधिकारी र सेफ हाउसका कर्मचारीहरुको सहभागिता रहेको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।

 

 

 

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.