रेडक्रसको काम प्रशंसनियः अध्यक्ष साउद/चौरपाटी गाउँपालिकामा रेडक्रसको उपशाखा स्थापना

Purnima Mobile
Kirci Gyan Kendra

कालु बोहराः

Samajik New Add 2082

चाैरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले नेपाल रेडक्रस साेसाईटी अछामकाे काम प्रशंसनीय रहेकाे बताउनु भएको छ । वुधवार नेपाल रेडक्रस साेसाईटी चाैरपाटी उपशाखाकाे कार्यालय स्थपनाकाे उद्घाटन गर्दै अध्यक्ष साउदले विपदकाे समयमा निस्वार्थ भावनाले काम गर्ने सरकारकाे सहयाेगी रेडक्रस पहिलाे संगठन रहेकाे बताउनु भएको हो ।

Mellekh RM1
Saud Agro Kailash

उद्घाटन कार्यक्रममा वाेल्दै अध्यक्ष साउदले रेडक्रसले गर्दैकाे आएकाे कार्यकाे प्रशंसा गर्दै आगामी बर्ष जग्गादाताले जग्गा उपलब्ध गराए गाउँपालिकाले भवन निर्माणमा वजेट विनियाेजन गर्ने प्रतिवद्वता जनाउनु भयाे । अध्यक्ष साउदले केही दिन अघि गएकाे भुकम्पका कारण चाैरपाटी गाउँपालिकाका विभिन्न वडामा घरक्षति हुन गएकाे र गाउँपालिकाले क्षतिकाे तथ्यांक संकलन गरि भुकम्प पिडितलाई आवश्यक गरिरहेकाे बताउनु भयाे । उहाँले गाउँपालिकामा क्षति भएकाे स्थानमा पिडितलाई आवश्यक राहत उपलब्ध गराउँदा गाउँपालिका सँग समन्वय गरि राहत उपलब्ध गराउँन संघ संस्थालाई समेत आग्रह गर्नुभयाे ।

चाैरपाटी उपशाखाका सभापती राम बहादुर कुँवरकाे अध्यक्षतामा भएकाे कार्यालय उद्घाटन कार्यक्रम विशिष्ट अतिथी नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अछामका सभापती रत्न प्रसाद ढुंगानाले नेपाल रेडक्रस साेसाईटीकाे काम कर्तब्य वारे जानकारी गराउनु भएकाे थियाे । यस्तै उत्घाटन कार्यक्रम नेपाल रेडक्रस साेसाईटी अछाम शाखाका महामन्त्री धुर्व शाही, जिल्ला सदस्य उदयराम ढुंगाना लगायतकाे उपस्थिति रहेकाे थियाे । चाैरपाटी उपशाखाका उपसभापति सालिभान साउदले स्वागत मन्तव्य राख्नु भएकाे कार्यक्रमकाे सञ्चालन उपशाखाका सचिव कालू वाेहराले गर्नु भएकाे थियाे ।

यस्तै कार्यक्रम पछी नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अछामले भुकम्पमा परि घर चर्केर पालमुनि वसिरहेका चाैरपाटी गाउँपालिका विभिन्न वडाका स्थानीय वाशिका लागि ५० वटा त्रिपाल ५० वटा कम्मल चाैरपाटी उपशाखालाई हस्तान्तरण गरिएकाे छ । हस्तान्तरण गरिएका त्रिपाल र कम्मल गाउँपालिकासँग समन्वय गरि पिडितलाई उपलब्ध गराउने चाैरपाटी उपशाखाका सभापति राम बहादुर कुँवरले जानकारी दिनु भयाे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.