रवि लामिछाने नेतृत्त्वको पार्टी सरकारमा जान तयार, एजेन्डामा छलफल हुने 

काठमाडौं । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ ।

त्यसका लागि दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल भइरहेको एक प्रभावशाली नेताले पुष्टि गरे ।

उनका अनुसार पार्टीभित्र भइरहेको छलफलमा पनि रास्वपा सरकारमा जाने विषयमा कुराकानी भइरहेको छ ।

जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

उनले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको बताए ।

“हामी मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुनेछौँ,” प्रवक्ता ढकालले बाह्रखरीसँग भने, “उदाहरणका लागि सयवटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँचवटा कानुन आउनुपर्‍यो । मन्त्रिपरिषद्ले पारित गर्ने सय एजेन्डामध्ये १० वटा एजेन्डा रास्वपाको प्रस्ताव अनुरुप हुनुपर्‍यो ।”

उनले त्यस्तो गर्ने सहमति भयो भने जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा सहभागी हुने तयारी गरेको बताए ।

नयाँ सरकार गठनका क्रममा माओवादी एमाले होस् वा कांग्रेस माओवादी वा कांग्रेस एमाले र मधेस केन्द्रित जुनसुकै दलकाबीच पनि सरकार गठनअघि हुने सहमति सम्झौतामा जनताकै लागि काम गर्ने गरी सम्झौता गर्ने र त्यसलाई सार्वजनिक गरेर सरकारमा सहकार्यको औचित्व पुष्टि गरिने उनीहरुको धारणा छ ।

प्रवक्ता ढकालले अब उधारो सम्झौता गरेर जनतालाई ढाँट्ने काम बन्द हुनुपर्ने भन्दै दलहरुका घोषणपत्रका राम्रा पक्ष कार्यान्वयनका लागि नियम र संरचना पनि अघि बढाउनेगरी मात्र सरकारमा सहभागी हुने बताए ।

-barakhari

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.