रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित सांसद प्रभु साहले आफूले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको बताएका छन् । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै साहले नयाँ पार्टी गठनका लागि छलफल भइरहेको बताए ।
‘म काठमाडौं आएको छैन। साथीहरूसँग छलफल गरिरहेका छु । हामीले नयाँ दल गठन गर्छौं,’ उनले भने,’तर अहिले दलको नाम लगायतका विषयमा सहमति भएको छैन । अमरेशजी सँग कुरा भएको छैन ।’
नेपाली कांग्रेसबाट विद्रोह गरी सर्लाही क्षेत्र नं ४ बाट चुनाव जितेका अमेरशकुमार सिंहले पनि नयाँ पार्टी खोल्ने तयारीमा आफूहरू रहेको बताएका छन् । सिंहले प्रभु साहसँग मिलेर नयाँ पार्टी गठन गर्न लागेको बताएका छन् ।
रौतहट क्षेत्र नं २ बाट निर्वाचित किरण साहसमेत प्रभु साहनिकट मानिन्छन् ।
प्रभु साहले एमालेले दिएको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले सोही क्षेत्रबाट तीन पटक नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका थिए । २०७७ फागुन २३ गते सर्वोच्च अदलातले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भंग गरिदिएपछि साहले एमाले रोजेका थिए ।
-setopati