किसानले उत्पादन बढाउनुपर्नेमा नगरप्रमुख बाेहराकाे जाेड

शिवशक्ति कृषि सहकारी संस्थाकाे आठाैँ साधारणसभा सम्पन्न

Purnima Mobile
Samajik Bal biwaha

टेकराज भण्डारी, पाैष १६ अछामः

Mangala Bharna

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बाेहराले किसानले उत्पादनलाई जाेड दिनुपर्ने बताउनु भएको छ । पछिल्लो समय किसानहरु परनिर्भर हुँदै गैरहेकाले यदि कारणबस यातायात बन्द भई बाहिरबाट खाद्यबस्तु आयात गर्न नसके भाेकभाेकै बस्नुपर्ने अवस्था आउने भन्दै उत्पादन बढाई आत्मनिर्भर बन्नुपर्नेमा जाेड दिनुभयाे ।
शिवशक्ति कृषि सहकारी संस्था मंगलसेन ६ काे ८ औं बार्षिक साधारणसभामा प्रमुख अतिथिको आशनबाट बाेल्दै नगरप्रमुख बाेहराले नगरपालिकाले किसानलाई उचित राहत तथा प्रवर्द्धनका कार्य गरिरहेकाे बताउनु भयाे ।  सहकारी संस्थाका अध्यक्ष लाेकराज भण्डारीकाे अध्यक्षतामा भएको साधारणसभामा नगरप्रमुख बाेहराले किसान आफू खाने र अरुलाई पनि खुवाउने व्यक्ति भएकोले किसानलाई उच्च सम्मान गर्नुपर्नेमा जाेड दिनुभयो ।

Mellekh RM1

नगरका वडा नम्बर ६ र ७ का किसानले मेहनत गरिरहेका भन्दै उहाँले यहाँकाे दूध, दहीले सदरमुकाम मंगलसेन लगायतका क्षेत्रका जनतालाई सुविधा दिएकाे बताउनुभयो । नगरपालिकाले गर्नुपर्ने सहयोग र खेल्नुपर्ने भूमिका सधैं रहने भन्दै सहकारी र किसानले पनि सक्रियता देखाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि मंगलसेन -६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले कृषि सहकारीले यस क्षेत्रका किसानका लागि सहयाेगी भूमिका खेलिरहेकाे बताउनुभयो । वडाका किसानका लागि वडाले पनि विभिन्न काम गरिरहेकाे भन्दै किसानलाई व्यवसायिक रुपमा उत्पादनमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष जनकराज भण्डारीले किसानका लागि सराेकारवालाले विभिन्न सहयाेग गरिरहेकाे भन्दै सहयाेगकाे उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । पूर्व गाविस अध्यक्ष प्रभुनाथ भण्डारीले किसानका लागि आवश्यक मल, विउ, सिचाँईकाे व्यवस्थापन गर्नुपर्नेमा जाेड दिनुभयो ।

Saud Agro Kailash

कार्यक्रममा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष कुलानन्द भण्डारी, वडा सदस्य दुर्गाप्रसाद भण्डारी, जन्मराज भण्डारी, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत प्रमाेद चाैधरी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य पुष्पराज भण्डारी, भण्डारी सामुदायिक बनका नन्दाराम भण्डारी, ताराप्रसाद भण्डारी, नगेन्द्र प्रसाद भण्डारी लगायतले सुझाव मन्तब्य राख्नुभएको थियाे ।

व्यवस्थापक बेद प्रसाद भण्डारीले संस्थाकाे आर्थिक बर्ष २०७९/८९ काे २९ लाख ३३ हजार ८३२ रुपैयाँको आयव्यय प्रस्तुत गर्नुभयो । संस्थाले विभिन्न ५० शेयर सदस्यलाई १७ लाख ९२ हजार ५ सय ४६ रुपैयाँ ऋण लगानी गरिएको व्यवस्थापक भण्डारीले बताउनुभयाे ।

२०६० साल श्रावण १८ गते सामुदायिक संस्थाकाे रुपमा स्थापना भएकोमा २०६८ फागुन १४ गते सहकारीको रुपमा स्थापना भएको हाे । सहकारीले ग्रेडिङ मेसिन, हाते ट्रेक्टर, काेदाे चुट्ने मेसिन प्राप्त गरि किसानलाई सेवा दिएकाे छ भने उन्नत बीउ २४० केजी वितरण गरि ७० जना किसानबाट १२ हजार ७ सय ८० केजी मकैकाे बीउ संकलन गरेकाे छ । उक्त बीउ बाँकेकाे ग्लाेबल एग्रिटेक प्रालिलाई बिक्री गरेकाे अध्यक्ष भण्डारीले बताउनु भयाे । मकै प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्रि गरि किसानले आय आर्जन गरेका छन् ।

कार्यक्रममा राम्रो काम गर्ने किसान ताराप्रसाद भण्डारी, देबराज भण्डारी, निर्मला खत्रीलाई सम्मान गरिएको थियाे भने संस्थालाई सहयाेग गर्ने कृषि ज्ञान केन्द्र र पूर्व वडा तथा संस्थाका अध्यक्ष जनकराज भण्डारीलाई पनि सम्मान गरिएको थियाे । संस्थामा हाल १२७ जना शेयर सदस्य रहेका छन् ।

देेबेन्द्र खत्रीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव ताराप्रसाद भण्डारीले गर्नुभएको थियाे । साधारण सभाकाे बन्द सत्रबाट अध्यक्ष लाेबराज भण्डारीकाे समसामयिक, व्यवस्थापक बेदप्रसाद भण्डारीकाे आर्थिक, लेखा समिति संयाेजक राजेश्वर भण्डारीकाे लेखा तथा काेषाध्यक्ष पुष्पराज भण्डारीकाे ऋण उपसमितिकाे प्रतिवेदन सुझाव सहित पारित भएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.