कुलदेव सामुदायिक वनकाे १७ औं साधारणसभा सम्पन्न

अछाम २२ पाैष:
कुलदेव सामुदायिक वन उपभोक्ता समूह मंगलसेन नगरपालिका १ ढुंगानीकाे १७ औं साधारणसभा सम्पन्न भएको छ । वन समुहका अध्यक्ष गणेश बहादुर थापाकाे अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथिमा वडानम्वर १ का अध्यक्ष लाेकराज नाथ रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै उहाँले जहाँ वन त्यहा स्वच्छ जीवन हुने बताउनुभयो । सामुदायिक वन उपभोक्ता समिति भन्दा त्यसका उपभोक्ताले वन संरक्षणमा र विकासमा सक्रियता देखाउनुपर्ने उहाँको भनाइ थियो ।

Samajik New Add 2082

कार्यक्रमका बिशिस्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य गंगा कुमारी साउद (थापा) र समाजसेवी तथा जाल्पा आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक काशिराम उपाध्याय रहनुभएकाे थियाे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नगर कमिटी सचिव बेद थापा, नेकपा एमालेका लाल बहादुर थापा, नेकपा माओवादी केन्द्रका नगर कमिटी सचिव कमल थापा, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य यकेन्द्र सि, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपेन्द्र जयगडी, मंगलसेन नगरपालिकाका एम आई एस अपरेटर हाेम साउद, समाजसेवी मनिराम थापा, कालिका सामुदायिक वनका सचिव बिर्ख राना, जाल्पा आधारभूत विद्यालयका प्रधानाध्यापक भजन खनालले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

नगर कार्यपालिका सदस्य हंश थापा, वडा सदस्यहरु शिद्द थापा, गंगा थापम र चन्द्रकला जयगडी लगायत समाजसेवी सराेकारवालाकाे सहभागीता रहेकाे साधारणसभाकाे संचालन जाल्पा आधारभूत विद्यालयका शिक्षक खेम जैगडीले गर्नुभएको थियो । साधारणसभाकाे बन्दसत्रबाट नयाँ समिति समेत चयन गरिने जनाईएकाे छ ।

Leave A Reply

Your email address will not be published.