सामुदायिक विद्यालयमा परीक्षा शुल्क लिईएकाे भन्दै अखिल क्रान्तिकारी अछामद्वारा प्रेस विज्ञप्ति जारी

सामुदायिक विद्यालयहरुले परीक्षा शुल्कका नाममा विद्यार्थीहरुबाट शुल्क असुली गरिरहेकाे प्रति नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अछामले विज्ञप्तिमार्फत बिराेध जनाएको छ । संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउदले शनिबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुबाट अर्धवार्षिक परीक्षा शुल्कका नाममा रकम लिएको गुनासाे आएकाे भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाईएको छ ।

Samajik New Add 2082

“नेपालको संविधान २०७२ को भाग ३, मौलिक हक र कर्तव्य अर्न्तगतको उपधारा ३१ मा शिक्षासम्बन्धी हक को (१) नम्बर बुदामा प्रत्येक नागरिकलाइ आधारभूत शिक्षामा पहुँचको हक हुनेछ। र (२) नम्बर बुदामा प्रत्येक नागरिकलाइ राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ । भनि संविधान मा लेखिएको सर्व विधितै छ ।” – विज्ञप्तिमा स्मरण गराईएकाे छ ।

विज्ञप्तिमा अछाम जिल्लाका आम विद्यार्थीहरुको शैक्षिक सवाललाई मध्यनजर गरि संगठनले गत भाद्र महिनाका विभिन्न मितिमा जिल्लाका दश वटै स्थानिय तह प्रमुखहरुसँग माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुनुपर्ने, विद्यार्थि अनुपात अनुसारको शिक्षक दरबन्दि मिलान गर्नुपर्ने र मासिक अनुगमन हुनुपर्ने मागहरु राख्दै ज्ञापन पत्र बुझाएको भन्दै  सामुदायिक विद्यालयहरुलाई समयानुकुल रुपान्तरण गरि आम विद्यार्थिहरुलाइ निःशुल्क र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरणको सुनिश्चितता गर्न माग गरिएको छ ।

अर्ध बार्षिक परिक्षा शुल्कका नाममा असुलि गरिएको शुल्क तुरुन्त विद्यार्थीहरुलाई फिर्ता गर्न अनेरास्ववियू (क्रान्तिकारी)ले जोडदार माग गरेकाे छ । उक्त मागहरुको वेवास्ता गरि गैरजिम्मेवार बनेमा हाम्रो संगठने शैक्षिक संर्घषका कार्यक्रम संचालन गर्न बाध्य हुने विज्ञप्ति मार्फत भनिएको छ।

हेर्नुहाेस विज्ञप्ति:

Leave A Reply

Your email address will not be published.