सरकारले विश्वासको मत पाउँछ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।
पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आइतवार आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोहमा उहाँले आउँदो मङ्गलवार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता कार्यकर्तालाई ढुक्क रहन आग्रह गर्नुभयो । ‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईँहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, ओलीले भन्नुभयो ।

Samajik New Add 2082

अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताउनुभयो । ‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झन्ड दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ’, उहाँले भन्नुभयो । उहाँले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताउनुभयो ।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताउनुभयो । ‘चुनावअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना चुनावपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली नागरिक खुसी छन्’, उहाँले भन्नुभयो ।

एमालेमा जनसङ्गठनको असाधारण महत्त्व रहेको उहाँको धारणा थियो । भोलि सोमवारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.