लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

Samajik New Add 2082

अध्यक्ष ठाकुरले रातोपाटीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हामी निर्णय गरेका छौ आज उहाँलाई विश्वासको मत दिन्छौँ ।’ सरकारको साझा न्यूनतम कार्यक्रममा केही कुराहरू समेटिएको छ, र अरू विषयमा सरकारसँग थप छलफल गर्ने सहमति भएको कारणले विश्वासको मत दिने निर्णय गरेको उनले बताए ।

सरकारमा जाने जाने बारे पार्टीले अहिले कुनै निर्णय नगरेको पनि उने बताए ।

पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन् । लोसपासँग चार जना सांसद छन् ।

Leave A Reply

Your email address will not be published.