सुदूरपश्चिम सरकारको पाँच वर्षमा बेरुजू डेढ अर्ब नाघ्यो

धनगढीः सुदूरपश्चिम प्रदेशको बेरुजू बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार नाघेको छ ।

Samajik New Add 2082

प्रदेशको आर्थिक मामिला मन्त्रालयको तथ्यााक अनुसार असुली गर्नुपर्ने १० करोड ८ लाख ८७ हजार, नियमित गर्नुपर्ने ९९ करोड ६ लाख ३७ हजार तथा पेश्की बाँकी ८० करोड ३२ लाख १६ हजार गरी पाँच वर्षको अवधिमा एक अर्ब ८९ करोड ४७ लाख ४० हजार पुगेको देखिएको हो। समितितर्फको बेरुजू मात्र ३४ करोड १७ लाख ३७ हजार गरी कुल दुई अर्र्ब २३ करोड ६४ लाख ७७ हजार रहेकोमा ६८ करोड ६८ लाख ५७ हजार मात्र सम्परीक्षण भएको छ ।

अहिले पनि एक अर्ब ५४ करोड ९६ लाख २० हजार बेरुजू कायमै रहेको देखिएको हो। प्रदेशमा आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७७÷७८ सम्म गरी हरेक वर्ष बेरुजू रकम बढ्दै गएको तथ्यांक छ। आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्षको बाँकी ६ महिनाको बेरुजू जोड्न बाँकी छ। सुदूरपश्चिममा कानुन विपरीत पेश्की बेरुजू समेत वर्षेनि बढ्दै गएको देखिएको हो ।

-dineshkhabar

Leave A Reply

Your email address will not be published.