ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा

जिल्लाको ढकारी गाउँपालिका वडा नं. १ मा चिउरी प्रसोधन केन्द्र संचालनमा आएको छ । ढकारी गाउँपालिकाको आर्थिक वर्ष २०७४÷७५ पहिलो गाउँसभाले ढकारी गाउँपालिकामा स्थानिय चिउरीलाई संकलन गरि स्थानिय चिउरी उत्पादनलाई ब्यावसायीक बनाउने उदेश्यले चिउरी प्रसोधन केन्द्रको स्थापना गर्ने निर्णय गरिएको थियोे ।

Samajik New Add 2082

प्राविधिकको अभावका कारण लामो समय सम्म संचालन हुन नसकेको चिउरी प्रसोधन केन्द्र संचालनमा आएको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर बहादुर साउँदले बताउनुभयो ।चिउरी प्रसोधन केन्द्र संचालनमा आए संगै ढकारी गाउँपालिकाका चिउरा उत्पादन गर्ने किसानको आर्थिक आयआर्जनमा सुधार आउने अपेक्षा गरिएको अध्यक्ष साउँदको भनाइ छ ।ढकारी गाउँपालिकामा उत्पादन भएका चिउरी किसानबाट खरिद गरि चिउरीबाट तेल उत्पादन,चिउरी जुस उत्पादन,चिउरी साबुन उत्पादन गरि बजारिकरण गरिने अध्यक्ष साउँदले बताउनु भयो । चिउरी प्रसोधन केन्द्र संचालनले ढकारी गाउँपालिका बेरोजगार नागरिकले रोजगारी समेत पाउने छन् ।

-sadakmedia

Leave A Reply

Your email address will not be published.