मंगलसेन नगरपालिकामा क्षयकुष्ठ रोग सम्बन्धि अर्धवार्षिक समिक्षा

मंगलसेन नगरपालिकामा पालिका स्तरीय क्षयरोग, कुष्ठरोग अर्धवार्षिक समिक्षा तथा कोहार्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा क्षयरोग सम्वन्धी तथ्यांक सुद्धिकरण, स्वास्थ्य सेवामा गुणस्तरीयता, संस्थागत रिर्पोटिङमा शुद्धता लगायतको विषयमा छलफल तथा समिक्षा गरिएको हो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका स्वास्थ्य शाखा उप संयोजक ज्ञानु माझीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहोरा प्रमुख अतिथि रहनुभएको थियो । नगर प्रमुख बोहाराले क्षयरोगको उपचारमा स्वास्थ्यकर्मीले विशेष ख्याल गर्नु पर्ने बताउनुभयो । यस्तै दीर्घरोगी र सरुवा रोगीहरुका लागी नगरपालिकाबाट स्वास्थ्य सेवा प्रदानमा कुनै कमि नगर्न पनि सम्पूर्ण स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख संगीता कुमारी रावल, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाका प्रमुख प्रतिनिधि, त्रिशुली प्लसका बिनोद ढुंगाना, जिल्ला अस्पतालका क्षयरोग तथ एचआईभी सम्पर्क व्यक्ति हिमाल ढुंगाना, ल्याव असिस्टेन्ट टोप बहादुर बिष्ट लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजिकरण तथा सञ्चालन मंगलसेन नगरपालिका क्षयरोग सम्पर्क व्यक्ति कृष्ण प्रसाद जैशीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.