वाइसीएल नेपाल जिल्ला कमिटी अछामको प्रथम बैठक सम्पन्न भएको छ । जिल्ला संयोजक चन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा र माओवादी केन्द्रका केन्द्रिय सदस्य झकर साउद भास्कर प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि साउदले वाइसीएल नेपाल पार्टीको भरपर्दो सहायक संगठन भएकोले वाइसीएल नेपाललाई सशक्त तरिकाले अगाडि बढन आग्रह गरे ।

नेतृत्वले अब काठमाडौ धनगढी बसेर होइन जिल्ला हुँदै गाउमा केन्द्रित हुन निर्देशन दिए । माथिल्लो तहका नेताले तलको संगठनमा ध्यान दिनुपर्ने समेत बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि वाइसीएल नेपालका केन्द्रिय सचिब नवराज ऐरले अब देश युवाकै काधमा रहेकोे हुदा वाइसियल नेपालले संगठनलाई गतिशील र चलाएमान बनाउन फिल्डमा जानू पर्ने बताए ।
कार्यक्रममा वाइसीएल केन्द्रिय सचिब सुदुरपश्चिम सह इन्चार्ज शिव बहादुर बोगटी वाइसीएल नेपालका प्रदेश कमिटी संयोजक नर बहादुर बिष्ट, सह-संयोजक सुरेन्द्र बिक, वाइसीएल केन्द्रिय सदस्य सुरेन्द्र शाही वाइसीएल केन्द्रिय लेखा आयोग सदस्य लोकेन्द्र बिसि वाइसीएल जिल्ला समन्वय समिति सदस्य, पालिका संयोजक सचिब सदस्य लगाएतको सहभागीता रहेको थियो ।
बैठकले श्रद्धाञ्जली,परिपत्र बाचन,परिचयात्मक सहित रिपोर्टिङ, कार्य बिभाजन, पालिका, वडा सम्मेलन गर्ने एजेन्डामा रहेर निर्णय गरेको छ । जसमा मंगलसैन नगरपालिकामा सुरेन्द्र शाही, बन्निगढी जयगढ गाउपालिकामा चन्द्र भण्डारी, रामारोशनमा गाउपालिकामा चन्द्र भण्डारी, बिरेन्द्र साउद, सुरेन्द्र शाहि, मेल्लेख गाउपालिकामा सुरेन्द्र शाही, निराजन रोकाया, तुर्माखाद गाउपालिकामा सुरेन्द्र शाही, पन्चदेवल बिनायक नगरपालिकामा तिलक शाही र जसुता बिस्ट, कमलबजार नगरपालिकामा जित बहादुर शाही र तपेन्द्र शाही,साफेबगर नगरपालिकामा जसुता बिस्ट, कबिन्द्र परियार र बिरेन्द्र साउद, चौरपाटी गाउपालिकामा पुष्प साउद र नवीन थापा र ढकारी गाउपालिकामा नवराज जैशीलाई सङ्गठन बिस्तारको जिम्मेवारी तोकिएको छ।
साथै सोही कार्यक्रमले फागुन १ गते रामारोशनमा मनाइने जनयुद्ध दिवसमा थप सहयोग गर्ने निर्णय समेत गरेको छ ।