झपट थापाको अध्यक्षतामा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को जिल्ला समिति गठन

अछामः

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला समिति अछामको ५ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै रामाराेशन गाउँपालिकाकाे मुजाबगरमा सम्पन्न भएको छ । जिल्ला उपाध्यक्ष हर्क बहादुर शाहीकाे अध्यक्षतामा भएको अधिवेशनको बन्दसत्रबाट झपट बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरिएको हाे ।
समितिको उपाध्यक्षमा डिला कुमारी साउद, तपेन्द्र साउद र दिपकराज पाण्डे, सचिवमा धुर्व बिक, सह सचिवमा रमेश न्याैपाने, काेषाध्यक्षमा जाैला धामि लगायत अन्य सदस्य रहनुभएकाे छ । सदस्यहरुमा भरत बहादुर शाही, होम साउद, डिल्लि रावल, नरेन्द्र बुढा, नरेन्द्र बोहरा, भुपेन्द्र बुढा र शैकर थापा चयन भएका छन । साथै नवगठित जिल्ला समितिको पहिलो बैठकले प्रदेश अधिवेशन र केन्द्रिय महाँदिवेशनका लागि प्रतिनिधि समेत छनोट गरिएको छ ।
त्यसअघि भएको उदघाटन समारोहमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा गाउँपालिका पूर्व उपाध्यक्ष सरस्वती रावल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै रावलले पार्टीलाई जिवन्त राख्न संगठन आवश्यक पर्ने भन्दै कर्मचारी संगठन पार्टीको लागि रक्तसञ्चारकाे भुमिकामा रहने बताउनुभयो । सांगठनिक एकता नै शक्ति भएको भन्दै उहाँले सक्रियताका साथ संगठनलाई चलायमान बनाउँदै पेशागत हकहितमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
माओवादी समर्थक कर्मचारीहरु कार्यसम्पादन, अनुशासन र सेवा प्रवाहमा अव्वल भई फरक पहिचान दिनुपर्नेमा उहाँको जाेड थियो ।
कार्यक्रमका बिशिस्ट अतिथि रामाराेशन गाउपालिका उपाध्यक्ष सिर्जना देवी बुढाले सांगठनिक रुपमा एकताबद्ध र अनुशासित भएर अघि बढ्न सुझाव दिनुभयो । जिल्ला स्थित विभन्न पालिकाहरु, संघिय तथा प्रदेश कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य बान्निगढी जयगढ गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीले राख्नुभएको थियो भने सञ्चालन संगठनका रामारोशन गाउँपालिका कमिटी अध्यक्ष दिपक खनालले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.