वेपत्ता भएको ८ दिनसम्म पनि शिक्षक साउदको अवस्था अज्ञात

Purnima Mobile
Samajik Bal biwaha

अछामः

Mangala Bharna

मंगलसेन नगरपालिका १३ बस्तीका जगत बहादुर साउद सम्पर्क बिहिन भएको ८ दिन बितिसक्दा पनि अवस्था अज्ञात रहेको छ । यहि माघ २ गते बेलुका घरबाटै सम्पर्क विहिन भएका साउदको वडा नम्वर १३ र आसपासका स्थानमा निरन्तर खोजिकार्य गरिँदा पनि भेट्टाउन नसकिएको हो ।

Mellekh RM1

श्री शिब आधारभुत बिधालय बान्निका प्रधानाध्यापक समेत रहेका शिक्षक साउद एक्कासी मान्छे देखेपछि डराउने र अस्वभाविक हाउभाउ देखाउने गरेका थिए । मानसिक सन्तुलन गुमाएर एकोहोरो हिंडेको हुनसक्ने उनका भाई आनन्द साउदले बताउनुभयो । केहीदिन अघि ढकारी गाउँपालिका २ को झ्याकिसल्ला र बलाँताका विभिन्न स्थान तथा सुर्खेतको चौकुने गाउँपालिका १ को आसपासमा शिक्षक साउँदकै जस्तो हुलियाको मान्छे देखिएको भन्ने अपुष्ट खबर अनुसार प्रहरी र स्थानीय तथा जनप्रतिनिधिहरुको सम्पर्कमा खोजिकार्य भैरहेको जनाईएको छ ।

Saud Agro Kailash

सम्भावित सबै ठाउँमा खोजिकर्य गरिसक्दा समेत फेला नपरेको र निरन्तर वडानम्वर १३ का विभिन्न स्थान, ढकारी गाउँपालिकाको विभिन्न स्थानहरु, सुर्खेतको चौकुने गाउँपालिका, डोटीको कानाचौर आसपासमा पनि खोजिकार्यका लागि मान्छे खटिएका छन । माघ २ गते बेलुकाबाट बेपत्ता भएका साउदले प्रयोग गरेको फोन नम्वरमा ३ गते बेलुका सम्म फोन लागिरहेको र त्यसपछि स्वीच अफ भएको बताईएको छ ।

३५ वर्षिय साउदले कालो जकेट, भित्रि टिसर्ट, कालो ट्राउजर, खुट्टामा चप्पल लगाएको, खैरो रंगको न्यानो टोपि लगाएको र सो हुलियाको व्यक्तिलाई देख्नुहुनेले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नं. ९८६८५६०६६३, ९८५८४९०१२७ र ९८४८५५२०३० मा खबर गरिदिन परिवारजनले आग्रह गरेका छन । साथै उनको खोजिकार्यमा सक्दो सहयोग गरिदिन परिवारले सबैलाई आग्रह गरेको छ ।

वेपत्ता भएका साउदको तस्बिरः

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.