
अछाम । नेपाल विद्यार्थी संघ अछामकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी नेविसंघ अछामका नेता उमेश कुवँर लाई दिइएको छ ।

नेविसंघ अछामका अध्यक्ष नृप साउद द्धारा हस्ताक्षरित पत्रमा कुँवरलाई कार्यवाहक अध्यक्ष दिइएको हाे ।


विद्यार्थीकाे हकहितका लागि सधै बुलन्द अावाज उठाइरहने कुँवर धेरै समय नेविसंघ सिटिइभिटीकाे राजनीतिमा क्रियाशिल हुदै लामाे समय देखि नेविसंघ अछाममा काम गरिरहेका छन ।
अस्पतालमा रगतकाे अभाव भएका विरामीलाई रगतकाे व्यावस्था गर्ने देखि जिल्लाका विभिन्न सामाजिक काममा सक्रिय कुवँर युवाहरुमा लाेकप्रिय छन ।
नेपाल विद्यार्थी संघकाे लामाे समयदेखि केन्द्रीय महाधिवेशन हुन सकिरहेकाे छैन। त्यसकाे असर देशभरिका जिल्ला जस्तै अछाम जिल्लामा पनि अधिवेशन नभएकाे लामाे समय भैसकेकाे छ ।
स्ववियु चुनावकाे चर्चा चलिरहेका बेला उमेश कुवँरले नेविसंघ अछामकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी प्राप्त गरेका छन ।
