सिकेको सीपलाई सहि सदुपयोग गर्न नगरप्रमुख बोहराको आग्रह

उद्यमशिलता सचेतना तथा लैंगिक समानता र समावेशीकरण सम्वन्धि ८ दिने तालिम वडानम्वर ६ मा सम्पन्न

उद्यमशिलता सचेतना तथा लैंगिक समानता र समावेशीकरण सम्वन्धि ८ दिने तालिम मंगलसेन नगरपालिका ६ ठुलासैनमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजनामा सञ्चालित तालिम यहि माघ १६ देखी २३ सम्म संचालन भएको थियो ।

Samajik New Add 2082

वडानम्वर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको समकापन कार्यक्रममा नगरप्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै नगरप्रमुख बोहराले आवश्यकताका आधारमा तालिम लिनुपर्ने र वस्तु बिक्रि गर्नुपर्नेमा जोड दिनुभयो । सिकेको सीपलाई सहि सदुपयोग गर्न र व्यवसायीक वन्नका लागि सहभागिहरुलाई उहाँको आग्रह छ । तालिममा व्यवसायको अवधारणा र महत्व , उद्यम व्यवसायका प्रकार, व्यवसायको पहिचान तथा छनोट र उद्यमशिलताका विभिन्न पाटोपक्षबारे सहभागीलाई जानकारी गराईएको थियो ।

समापन समारोहमा वडा सदस्य दुर्गा प्रसाद भण्डाारी, जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा दमाई, मेड्पा कार्यक्रमका श्रोतव्यक्ति एकेन्द्र बोगटी, उद्यम विकास सहजकर्ता राम बहादुर बुढा, वाक नेपालका रमिता ढुंगाना लगायतका अतिथि रहनुभएको थियो भने तालिममा सहभागी महिलाहरु र सरोकारवाको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.