पाँचौं साँफेबगर महोत्सवको उद्घाटन, महोत्सवले कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धधनमा सहयोग पुग्ने नगर प्रमुख कुँवरको भनाई
पाँचौं साँफेबगर महोत्सवको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ महोत्वस सुरु भएको छ छ । महोत्सव मुल आयोजक समितिका संयोजक खेमराज कुँवरको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो । महोत्सव उद्घाटन कार्यक्रममा वोल्दै नगर प्रमुख कुँवरले स्थानीय स्तरमा हुने महोत्सवले यहाँका कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कला संस्कृतिको संरक्षणको लागि तीनै तहका सरकारको समन्वय हुन आवश्यक रहेको बताउनुभयो । साँफेबगर भित्रका कला सस्कृतिको संरक्षणको लागि नगरपालिकाले छुट्टै समिति बनाउने तयारी गरिहेको धारणा व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै वान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले मेला महोत्सवले भाईचाराका सम्वन्ध कायम गर्ने बताउनुभएको छ । उहाँले सवैले राजनीतिक आस्था विचार माथि उठेर विकास निर्माणमा सहकार्य अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले महोत्सवमा माध्यमबाट यहाँका मौलिक कला संस्कृतिलाई संरक्षण गर्नु पर्नेमा जोड दिनुभएको छ । चौरपाटी गाउँपालिका कला संस्कृतिलाई संरक्षण र समद्र्धनको लागि नीति कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो । चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकाले रचनात्मक कार्यमा एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।
साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर शिलोज साँफेबगर महोत्सवलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभएको छ । उहाँले साँफेबगर महोत्सवले विमानस्थल सञ्चालनको लागि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले महोत्सवको आयोजनाले यहाँका साना ठुला होटहरुको सञ्चालनमा मद्दत पुगेको बताउनुभयो । उद्घाटन कार्यक्रममा मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्का, नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष चन्द्रबहादुर वोहरा, एकिृकत समाजवादीका प्रदेश कमिटी सदस्य जितबहादुर निशानी, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सहसचिव दिनेश कुमार स्वाँर, समाजसेवि ध्वबहादुर कुँवर, समानसेवि युवा नेता राजन कुँवर, वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्का, जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर, साँफेबगर नगरपालिकाका निर्वतमान उपप्रमुख विर्मलादेवि वुड्थापा लगायतको सहभागिता रहेको थियो ।
महोत्सवको पहिलो दिन सृजना खत्री, आशिष महर, धमेन्द्र सुनार, अछामी रेखा थापा, हेमराज अधिकारीले प्रस्तुति देखाएका थिए । महोत्सव मुल आयोजक समितिका महासचिव हिक्मत कुँवरले महोत्सवका माध्यमबाट स्थानीय स्तरमा उत्पादित दैनिक उपभोग्य एवं औद्योगिक बस्तुहरुको बजारीकरणमा मद्दत पुग्ने बताउनुभयो । पाँचौं साँफेबगर महोत्सवमा २५ लाख भन्दा वढी खर्च हुने र ३५ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ । महोत्सव मुल आयोजक समितिका सह–संयोजक रामबहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महोत्सव मुल आयोजक समितिका प्रवक्ता लालबहादुर कुँवर नेत्रले गर्नुभएको थियो ।