२८ औं जनयुद्ध दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा फलफुल वितरण

Kirci Gyan Kendra

२८ औं जनयद्ध दिवसका अवसरमा जिल्ला अस्पताल अछामका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । वाईसिएल नेपालको आयोजनामा अस्पतालमा भर्ना भएका २८ जना बिरामीलाई फलफुल बितरण कार्यक्रम गरिएको हो ।

Samajik New Add 2082

कार्यक्रममा बिरामीहरुलाई फलफुल बितरण गर्दै वाईसिएल नेपालका केन्द्रिय सचिव शिव बोगटीले सबै बिरामीहरुको सिघ्र स्वास्थ्यलाभको कामना सहित जनयद्ध दिवसको शुभकामना व्यक्त गर्नुभयो ।फलफुल वितरण कार्यक्रमका अवसरमा सहभागी सबैले एक आपसमा जनयुद्ध दिवसको शुभकामना आदान प्रदान समेत गरेका थिए । नेपालको आमुल परिवर्तन संगै संघियता र गणतन्त्र स्थापनाको जगका रुपमा १० वर्षे जनयद्धलाई लिने गरिन्छ । यस अवसरमा वर्तमान व्यवस्था ल्याँउनका लागि सहादत प्राप्त गर्ने सहिद वेपत्ता योद्धाको स्मरण गरिनुका साथै घाईतेहरुमा पनि स्वास्थ्यलाभको कामना गरिएको छ ।

Saud Agro Kailash

फलफुल वितरण कार्यक्रममा नेपाल प्राध्यापक संगठनका प्रदेश कमिटी सदस्य झपट केसी,  जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाज, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका जिल्ला अध्यक्ष झपट बहादुर थापा, नेकपा माओवादी केन्द्रका नेताहरु गणेश साउद, बम बहादुर साउद, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष कमल थापा, काशिराम थापा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख हर्क साउद, मंगल मिडिया नेटवर्कका अध्यक्ष होम साउद लजगायत सहिद परिवार र नेकपा माओवादी केन्द्र तथा वाइसिएलमा आवद्ध विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

महाँन १० वर्षे जनयद्ध सुरु भएको दिन २०५२ फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्ष जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक विदा समेत दिएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.