स्वर्गको टुक्रा “रामारोसन” डायरी – धिरेन्द्र सावद

Purnima Mobile
Kirci Gyan Kendra

धिरेन्द्र सावदः

Samajik New Add 2082

यति रमाइलो ठाउँको बरण्ड गर्ने म सङ्ग शब्द रहेन , तपाईंहरु माझ मैले कैद गरेका केही तस्बिर हरु पस्केको छु आफै हेरेर अनुभुती लिनुस र अवस्य जीवन एक चोटि पुग्नै पर्ने ठाँउ मा पुग्नुहोस् र प्रकृतिको अस्लि सुन्दरताको आभास लिनुहोस् । रामारोसन को अर्थ रामा भन्नाले रमाइलो र रोसन भन्नाले रसिलो भुमी हुन्नाले यस्को नाम रामारोसन राख्न गएको भन्ने भनाई रहेछ तसर्थ आफै अनुमान लगाउनुस् कति रमाइलो सुन्दर ठाउँ होला रामारोसन ।

Mellekh RM1

हामीलाई प्रकृतिले दिएको यस्तो सुन्दर बर्दान लाई हामीले चिन्न सकेका छैनौं , यो प्राकृतिक सुन्दर भुमीको प्रचारप्रसारको कमिले वझेल मा परेको रामरोसनलाई यस्को धार्मिक, प्रकृतिक सुन्दर्ताको महत्त्व लाई प्रचारप्रसारको मध्यम बाट प्रत्येक नेपाली माझ पुराउन सबै सरोकार वलाको ध्यान जावस् । सुदुर पश्चिम् को बिकास तथा समग्र देश कै पर्यटन छेत्रको बिकासको निम्ति यो ठाँउ देश कै एउटा महत्त्वपूर्ण गन्तव्य हुन्ने छ त्यस्को प्रचारप्रसार गर्नु हामी सुदुर पश्चिम् बासी सबै दाइत्यो हो तसर्थ हामी सबैले आफ्नो आफ्नो ठाँउ ठाँउ बाट यस्को प्रचारप्रसार र यस्को महत्त्व वारि उजागर गरौं, एकचोटि सबै जना अवस्थ पुगौ ।

Saud Agro Kailash

hiking गर्न रमाउनेहरु को लागि यो रामारोसन छेत्र एकदमै राम्रो गन्तब्य रहेको छ । सुदुर पश्चिम् को रामारोसन गाउँपालिका ५, अछम मा रहेको यस् छेत्रमा १२ बन्ड, १८ खण्ड रहेको छ , यस क्षेत्रमा १२ बन्ड, १८ खण्ड रहेको छ यस्को अर्थ १२ बन्ड भन्नाले १२ वटा ताल र १८ खण्ड भन्नाले १८ वटा ठुला ठुला रमाइला फाटहरु छन् । यस्को कुल छेत्रफल ३०५१.२९ हेक्टर रहेको छ । यो ठाँउमा ताल छेत्रफल ११.९८ रहेको छ । यो छेत्र समुन्द्र सतह बाट २४५६ देखि ३८१९ मिटर मा अवस्थित रहेको छ ।

यो उच्च पहाडी सिमसार क्षेत्रको साथै यो क्षेत्र कैलास नदिको मुख्य मुहान पनि हो। यहाँ विभिन्न प्राजातिका लोपउन्मुख चराचुरुङ्गी, बन्यजन्तुहरु पाइन्छ त्यस्तै गरि यहाँ बहुमूल्य जडिबुटीहरु पनि पाइन्छ जस्तै पदम्चार, सतुवा, निर्बिसी, गदाल्नु, कटुकी, पाँच आउली, भुझ पत्र, लौट सल्ला,सेतक चिनी, सिलाजित जस्ता बहुमुल्य जडिबुटीहरु पाइन्छ ।

यो ठाँउ कस्तुरीको मुख्य बासस्थान रहेको छ र त्यसै गरि जनावरहरु मा बाघ,भालु, बँदेल, घोरल, थार, बोसा, डेडु बदर, दुम्सी जस्था आदि इत्यादि थुप्रै जनावरहरु पाइछ त्यसै गरि यहाँ डाफे, मुनाल, कालिज, थक्रास, पुउरा, चाचरो, डिगुल्चे, चिनाकातो लागयत थुप्रै प्राजातिका का चराचुरुङ्गी हरु पाइन्छ त्यस्तै यहाँ १२ किसिम का लालिगुरास पाइन्छ । यो ठाँउ शिव पार्वतीको क्रिडा रहेको किम्ब दन्ती रहेको ले यो ठाँउ धर्मिक हिसबले पनि महत्त्व बोकेको छ । यहाँ यस्ता महत्त्व धेरै ठाँउ र बस्तुहरु छन् जुन कुरा यहाँ पुगेर मात्र अनुभुती लिन र भुझ्न सकिन्छ । यो ठाँउ घुम्नको लागि चैत्र र बैशाख महिना एकदम उपयुक्त समय हो । यहाँ पुग्न धनगढीबाट गाडीमा ११ घन्टा लाग्ने गर्दैछ भन्ने हवाई माध्यम बाट आउदा धनगढी बाट साफेबगर १७ मिनेट को फलाईट र त्यस पछि गडि बाट ३ घन्टाको गडि को यात्रा गरेर पुग्न सकिन्छ ।

-sudurkhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.