उद्यमशिलता बिना समाजको गरिबी र पछौटेपनको अन्त्य हुदैन : साँसद शाह

Purnima Mobile
Samajik Bal biwaha

अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुस्प बहादुर शाहले उद्यमशिलता बिना समाजको गरिबी र पछौटेपनको अन्त्य नहुने बताउनु भएको छ । अहिले समाजमा गरिबीले अवस्था चिन्ताजनक हुदै गएकाले अब हरेक युवाहरुले उद्यमशिलतामा जोड दिनुपर्ने बताउनुभयो ।

Mangala Bharna

देशमा रोजगारी सृजना हुने अवस्था नरहेकाले नेपाली युवाहरु दिन प्रतिदिन विदेशीन बाध्य भएको भन्दै केही गर्न चाहाने युवाहरुले आफ्नै गाउँठाउमा केही न केही ईलम गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा शक्ति भनेको समाज परिवर्तनको सम्वाहक भएकाले गरिबी न्युनिकरणका लागि युवाहरुले औद्योगिक गतिविधि गर्नुपर्ने बताउनुभयो ।

Mellekh RM1
Saud Agro Kailash

घरेलु तथा साना उद्योग कार्यालय अछामले आयोजना गरेको १ महिने ड्राईभिङ तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रतिनिधि सभा सदस्य शाहले पछिल्लो समयमा कोरोना महामारीको कारणले देशको आर्थिक अवस्था निकै कमजोर भएको र यसको प्रभाव सबै क्षेत्रमा परेकाले अब युवाहरुलाई आत्म निर्भर बनाउने खालका सिप दिन आवश्यक रहेको बताउनुभयो । समाज आज नराम्रो बाटो तर्फ बढि उन्मुख हुन थालेको गुुनासो बढिरहेकाले समाजमा रहेका विकृति बिसंगतीको अन्त्य गर्नका लागि पनि युवाहरु एकजुट हुनुपर्ने र युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्ने कुरामा आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

अछामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथिको आशनबाट बोल्दै जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरले जिल्लामा विभिन्न किसिमका उद्योग सहित पर्यटकीय क्षेत्रको विकास भए मात्रै युवाहरुले रोजगारी पाउने बताउनुभयो । अहिले जिल्लामा यस्ता कुनैपनि कृयाकलापहरु फस्टाउन नसकेकाले युवाहरु विदेशिन बाध्य भएको समन्वय प्रमुख कुवँरको भनाई छ । कार्यक्रममा बोल्दै अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले पछिल्लो समयमा युवाहरु विभिन्न किसीमका कुलतमा फसेर आफ्नो अमुल्य जिवन नै बिगारी रहेकाले यस तर्फ सजग रहन अनुरोध गर्नुभएको थियोे ।

समाजमा युवाहरुले नै सकारात्मक सन्देश फैलाएर शान्त र समुन्नत समाज बनाउन सक्ने भएकाले यस्ता सकारात्मक कार्यमा जहिले पनि अग्रसर हुन सुझाव दिनुभएको थियो । कार्यक्रममा रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक सुशील प्रसाद भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय अछामका सुब्बा प्रकाश उपाध्यायले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.