हाम्रो लागि खुशिको कुरा

सम्माननिय प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्री परिषद ले २०७९ माघ २९ गते कैलाली जिल्ला को गेटामा सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्व विद्यालय बनाउने निर्णय गर्यो । जो सु. प. बाशिको लागि खुशि मात्रै हैन गर्बको कुरा पनि हो । म यो लेख मार्फत प्रधानमन्त्री ज्यु लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । यो निर्णय कार्यान्वयनमा आएछ भने यस क्षेत्रको मुहार फेरिने छ ।

Samajik New Add 2082

नेपाल कै पहिलो स्वास्थ बिज्ञान बिश्व विद्यालय सुदूरपश्चिम मा संचालन को लागि सरकारले निर्णय गर्ने कुरा असाधरण नै हो । यसको कार्यान्वयन पस्चात यस क्षेत्र को शर्बाङ्गिण बिकास हुने छ । राज्य द्वारा पछाडी पारिएको हाम्रो प्रदेश बिकासका तमाम सम्भावना बोकेको क्षेत्र हुदा हुदै पनि, शासक हरु को प्राथमिकता मा न पर्दा, जनतामा नैरास्यता थियो । राज्यबाट प्रबाह हुने न्यूनतम पनि सेवासुबिधा नपाएका यस क्षेत्रका जनता लाई अनेकौं आश्वासन त बाँडिए तर योजना र बजेटमा सम्बोधन गरिएन ।

देशकै पहिलो स्वास्थ बिज्ञान बिश्व विद्यालय सुदूरपश्चिममा हुदै गर्दा यस क्षेत्र का जनतामा खुशियालि न छाउने त कुरै भएन । निर्णय गर्ने कार्यान्वयन न गर्ने तथा सु.प. का जनतालाई गरिबि र पछौटेपनमा राखि राख्ने बिगत सरकारको जस्तै नियति फेरि पनि हामीले झेल्नुपर्ने त हैन ? सरकारले निर्णय त गर्यो,ऐन कानुन बनेका छैनन्, बजेट बिनियोजन हुन बाकि छ । यसको प्रकृति, सन्चालन, ब्यबस्थापन कसले कसरि गर्ने यि तमाम कामहरु बाकी छन् । त्यसकारण जनतामा संका उत्पन्न हुनु अस्वभाविक पनि छैन । सरकारको काम गर्ने तौरतरिका र गति लाई हेर्दा लाग्छ पक्कै पनि सरकारले बिश्वविद्यालय संचालको वातावरण आगामी आर्थिक बर्ष बाटै बनाउने छ । जो सुदूरपश्चिम बिकासको लागि बरदान साबित हुने छ ।

यसमा कहि कतै, कुनै प्रकारको बिमति नराखि एकताबद्ध भएर अर्जुनदृष्टिका साथ सु. प. बासिहरु ले लाग्नुपर्छ ।यसैमा सबैको भलो हुने छ । यो हामि सबै सु.प. बासि को लागि अति नै खुशि र हर्ष को बिषय भएकोेले हामि सबैको एकताको आवस्यकता परेको छ । यस कार्यमा यहाँ सम्म पुग्न योगदान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु र खुशि ब्यक्त गर्न चाहन्छु ।

(लेखक उपाध्याय नेकपा मओवादी केन्द्रको प्रदेश कमिटी सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.