सम्माननिय प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्री परिषद ले २०७९ माघ २९ गते कैलाली जिल्ला को गेटामा सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्व विद्यालय बनाउने निर्णय गर्यो । जो सु. प. बाशिको लागि खुशि मात्रै हैन गर्बको कुरा पनि हो । म यो लेख मार्फत प्रधानमन्त्री ज्यु लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । यो निर्णय कार्यान्वयनमा आएछ भने यस क्षेत्रको मुहार फेरिने छ ।
नेपाल कै पहिलो स्वास्थ बिज्ञान बिश्व विद्यालय सुदूरपश्चिम मा संचालन को लागि सरकारले निर्णय गर्ने कुरा असाधरण नै हो । यसको कार्यान्वयन पस्चात यस क्षेत्र को शर्बाङ्गिण बिकास हुने छ । राज्य द्वारा पछाडी पारिएको हाम्रो प्रदेश बिकासका तमाम सम्भावना बोकेको क्षेत्र हुदा हुदै पनि, शासक हरु को प्राथमिकता मा न पर्दा, जनतामा नैरास्यता थियो । राज्यबाट प्रबाह हुने न्यूनतम पनि सेवासुबिधा नपाएका यस क्षेत्रका जनता लाई अनेकौं आश्वासन त बाँडिए तर योजना र बजेटमा सम्बोधन गरिएन ।
देशकै पहिलो स्वास्थ बिज्ञान बिश्व विद्यालय सुदूरपश्चिममा हुदै गर्दा यस क्षेत्र का जनतामा खुशियालि न छाउने त कुरै भएन । निर्णय गर्ने कार्यान्वयन न गर्ने तथा सु.प. का जनतालाई गरिबि र पछौटेपनमा राखि राख्ने बिगत सरकारको जस्तै नियति फेरि पनि हामीले झेल्नुपर्ने त हैन ? सरकारले निर्णय त गर्यो,ऐन कानुन बनेका छैनन्, बजेट बिनियोजन हुन बाकि छ । यसको प्रकृति, सन्चालन, ब्यबस्थापन कसले कसरि गर्ने यि तमाम कामहरु बाकी छन् । त्यसकारण जनतामा संका उत्पन्न हुनु अस्वभाविक पनि छैन । सरकारको काम गर्ने तौरतरिका र गति लाई हेर्दा लाग्छ पक्कै पनि सरकारले बिश्वविद्यालय संचालको वातावरण आगामी आर्थिक बर्ष बाटै बनाउने छ । जो सुदूरपश्चिम बिकासको लागि बरदान साबित हुने छ ।
यसमा कहि कतै, कुनै प्रकारको बिमति नराखि एकताबद्ध भएर अर्जुनदृष्टिका साथ सु. प. बासिहरु ले लाग्नुपर्छ ।यसैमा सबैको भलो हुने छ । यो हामि सबै सु.प. बासि को लागि अति नै खुशि र हर्ष को बिषय भएकोेले हामि सबैको एकताको आवस्यकता परेको छ । यस कार्यमा यहाँ सम्म पुग्न योगदान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु र खुशि ब्यक्त गर्न चाहन्छु ।
(लेखक उपाध्याय नेकपा मओवादी केन्द्रको प्रदेश कमिटी सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)
