३ जिल्लाको संगम बेनीघाटको विकासमा जुटे जनप्रतिनिधी

अछाम । अछाम, डोटी र सुर्खुेतको संगम स्थल त्रिबेणी बेनीघाटको विकासका लागि सरोकारवाला छलफलमा जुटेका छन् ।

Samajik New Add 2082

३ जिल्लाको संगम स्थलका रुपमा रहेको बेनीघाट क्षेत्रको विकासका लागि ३ वटै जिल्लाका जनप्रतिनिधी, राजनितिक दल र समाजसेवीहरु छलफलमा जुटेका हुन् ।

बिहिबार ३ जिल्लाका सरोकारवालाहरुले बेनीघाटको बिकासका लागि योजना बनाई अघि बढ्ने निर्णय गरेका छन् ।

छलफलमा सहभागी अछाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित माननिय पुष्प बहादुर शाहकाा अनुसार मदन भण्डारी राजमार्ग र सेती लोकमार्गको केन्द्र बिन्दुको रुपमा रहेको बेनीघाटको विकास लागि ३ जिल्लाका जनप्रतिनिधीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

३ तहकै सरकारबाट त्यस क्षेत्रमा पुल, बाटो र्‍याप्टीगं र धार्मीक क्षेत्र घोषणा गरी एकिकृत भएर अगाडी बढ्ने प्रतिबद्धता सहितको निर्णय गरिएको माननिय शाहले बताए ।

उक्त छलफल कार्यक्रममा सुर्खेत जिल्लाबाट निर्वाचित सांसद हृद्धयराम थानी, प्रदेश सांसद बिद्दमान बिष्ट, जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँर, ढकारी गाँउपालिका अध्यक्ष प्रकाश साँउद, बोगटान फुडसिल गाँउपालिका अध्यक्ष कमल गड्सिला, चौकुने गाँउपालिका अध्यक्ष खड्क बिक लगायतको सहभागीता रहेको कांग्रेस अछामका युवा नेता बम बहादुर स्वाँरले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.