

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) अछामको संगठन विस्तार कार्यक्रम अन्तरगत मेल्लेख गाउँपालपकामा पालिका स्तरिय कमिटी गठन गरिएको छ । आज भएकाे भेलाबाट जगत बि क काे अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको हाे ।
कमिटीको उपाध्यक्षमा शिवराज राेकाय ,महिला उपाध्यक्ष राेजनि साउद ,सचिव लालबहादुर चदारा सहसचिव जिबन बुढा ,काेषाध्यक्ष नृमला बिष्ट सदस्य मा कर्ण साउद बिरेन्द्र खत्री ,प्रेम बुढा जगत साउद ,नवराज धामि ,सुमन बाेहरा ,मदन महर रहेका छन ।
यसअघि भएको उदघाटन सत्र संगठनका जिल्ला उपाध्यक्ष तपेन्द्र साउदकाे अध्यक्षता र नेकपा माओवादी केन्द्रका प्रदश कमिटी सदस्य भिम बहादर बुढा (सुवास) काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे । कार्यक्रममा बाेल्दै उहाले .पाटिकाे भातृसंगठ मजबुत नभए सम्म पाटि बलियो नहुने भन्दै पाटिलाई मजबुत बनाउन पाटिका विभिन्न भातृसंगठन बिस्तार कार्य अघिबढिरहेकाे बताएका छन । राष्ट्रिय कर्मचारी संगठनकाे निति र बिधान पद्धति अनुसार नयाँ तरिकाले संगठित र एकताबद्द भएर अगाडि बढन आग्रह गर्नु भएको छ । उहाले संगठनले निर्माण गरेकाे कार्ययोजना मा पाटि संगठन काे तर्फबाट पुर्ण सहयोग रहने बताएका छन।
कार्यक्रमका विशिष्ट अतिथिमा पार्टीका प्रदेश कमिटी सदस्य वीर बहादुर साउदले ,राष्ट्रिय कर्मचारी संगठन अरु संगठन भन्दा फरक पहिचान का साथ चलायमान बनाएर लैजानु पर्ने बताएका छन। संगठन मजबुत बनाएर लैजान पाटि कमिटी बाट पर्ण सहयोग रहने बताएका छन ।
यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिंह साउदले आफ्नो हक हितको लागि सामुयिक नेतृत्वका साथ संगठनलाई अघि बढन आग्रह गर्नु भयाे । यस्तै कर्मचारीकाे समस्या समाधानका लागि मेल्लेख गाउपालिका बाट हुने सहयोगमा कुनै कमि नरहने बताएका छन ।
भेलामा नेकपा माओवादी केन्द्रका नेता तथा जिल्ला समन्वय समिति सदस्य प्रकाश बि.क , कर्मचारी संगठनका पूर्व केन्द्रीय सदस्य तथा मेल्लेख गाउँपालिका भेटनरि अधिकृत कृष्णबहादुर राेकाय, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश कमिटी सदस्य नरेन्द्र बुढा, जिल्ला अध्यक्ष झपट थापा, उपाध्यक्ष दिपक पाण्डे काेषाध्यक्ष जाैला धामि, जिल्ला सदस्य हाेम साउद, नरेन्द्र बाेहरा डिल्ली रावल, एकीकृत अखिल नेपाल शिक्षक संगठन गाउँपालिका कमिटी अध्यक्ष खम्म सिह महर प्रेस सेन्टर जिल्ला उपाध्यक्ष लालबहादुर चदारा अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी सदस्य भव्य नेपाली लगायतको सहभागिता रहेकाे थियो । भेलाकाे संचालन धन बहादुर बुढाले गर्नु भएको थियाे ।
