
अछामको मेल्लेख गाउँपालिका वडा नम्वर १ र २ ऋषिदह तथा वडा नम्वर ३ ठाटिमा आलु उत्पादन कृषक समुहलाई आलुकाे बिउ वितरण गरिएकाे छ । वाक नेपाल वर्ल्ड भिजन इन्टरनेशनल नेपालकाे साझेदारीमा संचालित एकिकृत उत्थानसिल जिविकाेपार्जन तथा पाेषण परियाेजना अन्तर्गत मेल्लेखकाे वडा नम्वर १, २ र ३ मा आलु उत्पादन समुह गठन गरि बिउ वितरण गरिएको हाे ।


जसमा वडा नम्वर १ मा ५० जना, वडा नम्वर २ मा १ सय २४ जना र वडा नम्वर ३ ठाटिमा ४० जना गरि २ सय १४ जना कृषकलाई प्रति परिवारलाई ५० किलाेका दरले बीउ वितरण गरिएकाे छ ।
गाउपालिकाका विभिन्न वडाहरुमा कृषि तरकारी खेतिबाट जिबिकाेपार्जजनमा सहजता ल्याउन, समुह मार्फत कृषकलाई आलु उत्पादन गरि आत्मनिर्भर बनाउने उदेश्यले बिउ वितरण गरिएको परियाेजना संयाेजक गाेपि सिंह नेपालीले बताउनुभयाे । त्याहाँकै उत्पादन बिउ खरिद गरि हस्तान्तरण गरिएपछि कृषकहरु समेत खुसी भएका छन । आलुकाे बीउ मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले वडा नम्वर २ ऋषिदहमा सम्बन्धित कृषकलाई हस्तान्तरण गर्नु भएको थियो ।
बिउ हस्तान्तरणमा बाेल्दै उहाले संस्थाले गरेकाे काम प्रति खुसि हुदै धन्यवाद दिएका छन । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, वाक नेपालका समाजिक परिचालक भुपेन्द्र भण्डारी, कबिता साउद लगायतको सहभागिता रहेकाे थियाे ।

