३१ बुदे माग सहित बिप्लब नेतृत्वको नेकपाद्वारा पन्चदेवल बिनायक नगरपालिकामा ज्ञापन पत्र पेश

३१ बुदे माग सहित बिप्लब नेतृत्वको नेपाल कम्नियुस्ट पाटीले पन्चदेवल बिनायक नगरपालिकामा ज्ञापन पत्र बुझायको छ । पन्चदेवल बिनायक नगरपालिकाको सन्दर्भमा जनसरोकारका विभिन्न बिषयहरुमा नेपाल कम्नियुस्ट पार्टीले आफ्नो दृष्टिकोण सहित मागहरु अगाडि सारेको हो ।

Samajik New Add 2082

नेपाल कम्नियुस्ट पाटीले भनेको छ “हामीले उठाएका मागहरूको समयमै माग सम्बोधन नगरी बेवास्ता गरिए संघर्षको बाटोबाट अगाडि बढ्ने छौं ।” नगरपालिकाकालाइ निरपेक्ष गरिबीको रेखामुनि रहेका अति बिपन्न बर्ग, बिपन्न तथा मध्यम बर्ग र गाउघरमा नै बसि उद्धमी बनेर केही गर्ने सोच भएका युवाहरूलाई उद्धमशिलता सम्बन्धि व्यावसायिक तालीम र पुजिको व्यवस्था गरी रोजगारी वृद्धि गर्नु पर्ने, नगरद्वारा आफ्नो स्थानीय स्वायत्त शासनको अधिकार प्रयोग गरि स्वरोजगार कोष स्थापना गरी बेरोजगार युवाहरूलाई सहुलियतपूर्ण कर्जा प्रदान गरि स्वरोजगार बनाउनुपर्ने, कर्णाली नदिको बालुवा, रोडा उत्खनन र निकासीमा राजनीतिक आडमा राजस्व चुहावट भैरहेकोले सो कार्य तत्काल बन्द गर्नु पर्ने, यसैगरी वडा नम्वर १ र २ मा भएको ढुङ्गा तथा गिट्टीको अबैध निकासीलाई न्युनतम करको दायरामा ल्याई जनताको हितअनुकूल प्रयोग र स्रोतको अनावश्यक निकासीलाई नियन्त्रण गर्नुपर्ने लगायतका माग नेकपाले राखेको छ ।

निजि स्रोतबाट शिक्षक तथा कर्मचारी व्यवस्थापन गर्नुपर्ने बिद्यालयहरुमा नगरबाट शिक्षक दरबन्दीको व्यवस्थापन गरि विद्यार्थी अभिभावक माथिको आर्थिक भारलाई बन्द गर्नु पर्ने, शिक्षाको गुणस्तर वृद्धिका लागी भौतिक पूर्वाधार, दक्ष जनशक्ति व्यवस्थापन, शैक्षिक वातावरण निर्माण, अभिभावकको निर्णायक भुमिकाको सुनिश्चितता सहितको शिक्षा सम्बन्धि रणनीतिक योजना बनाई उक्त कार्यको थालनी गर्नु पर्ने, नगरमा कम्तीमा २ वटा सुबिधा सम्पन्न एम्बुलेन्स र एउटा शब बाहनको व्यवस्था गर्नु पर्ने, बिनायक बजारको भित्री सडकको स्तरोन्नति र कालोपत्रे तथा ढलनिकासको उचित व्यवस्था गरि सफा र सुन्दर बजारको रुपमा बिकास गर्नु पर्ने, नगरमा कार्यरत करारका कर्मचारीहरुमाथी हुने शोषण र बिभेदलाई अन्त्य गर्नु पर्ने लगायत ३१ बुदे मागहरु सहित ज्ञापन पत्र बुझाईएको नपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

नेपाल कम्नियुस्ट पार्टी केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सि, पन्चदेवल बिनायक नगरपालिका इन्चार्ज सज्जन सि, पन्चदेवल बिनायक नगरपालिका सेक्रेटेरी सुरेश सि, अखिल क्रान्तिकारी अछाम जिल्ला इन्चार्ज दीपेन्द्र सि, पार्टी सदस्य बल बहादुर सि लगायत नेता कार्यकर्ताको उपस्थितीमा ज्ञापन पत्र बुझायको हो ।

Leave A Reply

Your email address will not be published.